मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज देखि एकान्त बासमा

महमूद आलम खान 1133+ समाचार ( )
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि केही दिन एकान्तवासमा रहने भएका छन् ।
२० मंगशिर २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि केही दिन एकान्तवासमा रहने भएका छन् ।

पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेज तयार पार्नका लागि प्रचण्ड एकान्तबास जान लागेका हुन् ।

निवास खुमलटार रहँदा नेता, कार्यकर्ताको भीडभाडले दस्तावेज तयार पार्ने काम अधुरै रहेको भन्दै प्रचण्ड काठमाडौं उपत्यका नजिकै जान लागेको खुमलटार स्रोतले जनाएको छ ।

सामान्यतः कुनै पनि गतिलो दस्तावेज तयार पार्न, अध्ययन गर्न र आराम गर्न प्रचण्ड हात्तीवन रिसोर्ट, सिन्धुपाल्चोकको सुकुने पुग्ने गर्छन् । यसपटक भने कहाँ जाने भन्नेबारे केही खुलाइएको छैन ।

सचिवालय स्रोतले भन्यो, ‘निवासमा नेताकार्यकर्ताहरूको भीडभाड हुने भएका कारण उहाँले पार्टीको राष्ट्रिय सम्मलनको बारेमा तयारी गर्न पाइएन भन्नुभएको छ । अबका दुई दिन उहाँ अध्ययनमा व्यस्त रहनुहुन्छ ।’

पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलनको तयारी गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार