मुख्य समाचार
जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो | धनगढीमा एनसेलको पहिलो ‘फोफो सेन्टर’ सञ्चालन, एकै छानामुनि ग्राहक सेवा र मोबाइल सामग्री | दोलखामा बाढीपहिरोमा परी एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा | नरैनापुरका आमाको रोजाइ बन्यो वर्थिङ सेन्टर, सुरक्षित सुत्केरीमा नयाँ कीर्तिमान | नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न |

बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग

यूथ टुडे समाचारदाता 3506+ समाचार ( )
२२ जेठ २०८३, शुक्रबार

नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकाका ३० जना युवा महिला उद्यमीहरूलाई उद्यम गर्न स्टार्ट–अप (अनुदान) सहयोग प्रदान गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो सहयोग प्रदान गरेको हो । 

युवा महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने तथा हरित उद्यममार्फत दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको क्लबले जनाएको छ । 

ठाकुरबाबा नगरपालिका–९ मा पशुपालनसम्बन्धी १८० घण्टे सीप विकास तालिम पूरा गरेका १५ जना युवा महिलालाई क्यास भौचर असिस्टेन्स प्रणालीमार्फत आवश्यक सामग्री तथा उपकरण वितरण गरिएको हो । लाभग्राहीमध्ये ८ जना बाख्रापालन र ७ जना बंगुरपालन व्यवसायमा आबद्ध छन् । प्रत्येक उद्यमीलाई ४३ हजार ७८० रुपियाँ बराबरको सामग्री सहयोग प्रदान गरिएको परियोजनाले जनाएको छ ।

यसैगरी, राजापुर नगरपालिकामा पनि १५ जना युवा महिला उद्यमीलाई कुखुरापालन, बाख्रापालन तथा बंगुरपालन व्यवसाय सञ्चालनका लागि स्टार्ट–अप सहयोग उपलब्ध गराइएको छ । सहयोग प्राप्त गर्नेहरूमा ४ जना कुखुरापालन, ४ जना बाख्रापालन तथा ७ जना बंगुरपालन व्यवसायमा संलग्न रहेका छन् ।

कार्यक्रमको मुख्य उद्देश्य युवा महिलाहरूलाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्दै आर्थिक स्वतन्त्रता हासिल गराउनुका साथै असमानता, लैङ्गिक हिंसा तथा बालविवाह न्यूनीकरणमा टेवा पु¥याउनु रहेको आयोजकले जनाएको छ ।

ठाकुरबाबा नगरपालिकामा आयोजित वितरण कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीको अध्यक्षता रहेको थियो । कार्यक्रममा वडा नं. ९ की सदस्य सविता थापा, क्लबकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक रविकुमार तुलाधर, परियोजना प्रमुख राधेकृष्ण थारु तथा फिल्ड सुपरभाइजर कञ्चन दहित लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, राजापुर नगरपालिकामा आयोजित कार्यक्रममा वडा अध्यक्ष असराज न्यौपाने, वडा नं. ५ का वडा अध्यक्ष रमेश दहित, क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक रविकुमार तुलाधर, परियोजना प्रमुख राधेकृष्ण थारु तथा फिल्ड सुपरभाइजर सञ्जिता रिजाल सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष असराज न्यौपानेले युवा महिलाहरूलाई आत्मविश्वासका साथ आफ्ना उद्यम सञ्चालन गरी आत्मनिर्भर र सम्मानजनक जीवन निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले युवा उद्यमशीलता प्रवद्र्धन तथा वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको प्रयासको प्रशंसा गर्नुभयो । 

परियोजना प्रमुख राधेकृष्ण थारुले प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्दै व्यवसायलाई सफल बनाउन सहभागीहरूलाई आग्रह गर्नुभयो । साथै, परियोजनाले भविष्यमा पनि उद्यमीहरूको क्षमता अभिवृद्धि तथा व्यवसाय विस्तारमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

हरित उद्यम प्रवद्र्धन तथा महिला आर्थिक सशक्तीकरणका लागि सञ्चालन गरिएको यो पहलले स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार