मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नेपालगञ्ज ११ मा हात्तीपाइलेको औषधि सेवन गर्नेहरुमा उत्साह

महमूद आलम खान 1133+ समाचार ( )
स्वास्थ्यकर्मी, महिला स्वयंसेवीकाहरु र जनप्रतिनिधिको सक्रियताले लक्ष्य नजिक पुग्दै नेपालग ११
१ चैत्र २०७८, मङ्गलबार

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ११ मा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यको चौथो दिन सम्म आईपुग्दा ११ नम्बरमा औषधि सेवन गर्नेको संख्या बढेको छ । ।

कुल ६ हजार ८ सय  ३२ जनसंख्या रहेको वडामा स्वास्थ्यकर्मी र जनप्रतिनिधिको सक्रियताले अव भने अभियान सफलताको पूर्व सन्ध्यामा वडा पुग्न लागेको आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख कबिता लामिछानेले बताउनुभयो ।

नगरको स्वास्थ्य शाखामार्फत सञ्चालित अभियानमा केन्द्रका प्रमुख कबिता लामिछानेले औषधि सेवनको अवस्थाका बारेमा अनुगमन गर्ने क्रममा औषधि सेवन गर्नेहरुमा उत्साह देखिएको जिकिर गर्नु भयो ।

अघिल्ला वर्षहरुमा औषधिप्रति भएको भ्रम हट्दै गएको पाइएको उहाँको भनाइ थियो ।

११ नम्बर वडामा ११ सय जनाले औषधि सेवन गरेको प्रमुख कबिताले बताउनु भयो । वडा नम्वर ११ को घरदैलो अभिायन मार्फत सो वडामा औषधि सेवन गराउने कार्य जारी रहेकोले औषधि सेवन गर्न सबै संग अपिल गर्नु भयो ।

आजको चौथो दिनको कार्यक्रममा वडा नम्वर ११ मा रहेको नारायण माध्यमिक विद्यालयका बिधार्थीहरु समेत उत्साहित भएर औषधि सेवन गरेको स्वास्थ्यकर्मी मनिषा कनोजियाले जानकारी दिनु भयो । नारायण माध्यमिक विद्यालयमा औषधि सेवन गराउन वडा अध्यक्ष उज्ज्वल सिंह राठौर, सचिव केदार प्रसाद अधिकारी, सहित जनप्रतिनिधिहरु पुग्नु भएको थियो ।  नेपालगञ्ज ११ को स्वास्थ्य केन्द्का प्रमुख कविताले बुधबार बरकातिया स्कुलमा औषधि खुवाउने कार्यक्रम रहेको बताउदै औषधि सेवन गर्न सबै संग अपिल गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार