मुख्य समाचार
विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम |

काभा महिला भलिबल : फाइनलमा नेपाल र भारत भिड्ने

यूथ टुडे समाचारदाता 3528+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

काठमाडौँ, साउन २२ गते । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मङ्गलबार भएको खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकालेको हो । नेपालले इरानविरुद्ध लिग चरणमा खेपेको हारको बदला समेत लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । 

फाइनलमा नेपालले बलियो भारतसँग प्रतिस्पर्धा गर्नेछ । मङ्गलबार भएको खेलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले २५–१५, २५–१६, २५–२३ को जित निकालेको थियो ।

लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । फाइल खेल बुधबार हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार