मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाँकेको नरैनापुर साक्षर गाउँपालिका घोषणा

महमूद आलम खान 1133+ समाचार ( )
नरैनापुर गाउँपालिका साक्षर घोषणा भएको छ । वडा नम्बर ५ मटेहियास्थित महेन्द्र माविमा आयोजित एक कार्यक्रमका बीच आज गाउँपालिकालाई जिल्ला समन्वय समिति बाँकेका सभापति अजय श्रीवास्तवले साक्षर घोषणा गर्नु भएको छ।
१४ चैत्र २०७८, सोमबार

बाँके । नरैनापुर गाउँपालिका साक्षर घोषणा भएको छ । वडा नम्बर ५ मटेहियास्थित महेन्द्र माविमा आयोजित एक कार्यक्रमका बीच आज गाउँपालिकालाई जिल्ला समन्वय समिति बाँकेका सभापति अजय श्रीवास्तवले साक्षर घोषणा गर्नु भएको छ।

पालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका सभापति अजय कुमार श्रीवास्तबले नरैनापुर गाउँपालिकामा निरक्षर मध्ये ९६.१९ प्रतिशत मानिस साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको बताउनु भयो । उहाँले नरैनापुरलाई साक्षर बनाउँदा धेरै खुशी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउनमा लागिपर्ने बताउनु भयो। नरैनापुर गाँउपालिकालाई साक्षर बनाउँदा आज हामी जुन किसिमको खुशी व्यक्त गरिरहेका छौँ, यसपछाडिका हाम्रा धेरै खुड्किलाहरु पनि छन्, हामीले अरु धेरै कुराहरुलाई लिएर अघि बढ्नुपर्नेछ, त्यसैले अब त्यो भन्दा बाँकीलाई साक्षर बनाउने तर्फ भूमिका खेल्न आग्रह गर्नु भएको थियो । नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले गाउँपालिकाले अब रोजगारी सृजना गर्ने शैक्षिक विकासमा जोड दिएको बताउनु भयो। उहाँले साक्षरताको परिभाषा परिमार्जन गर्नुपर्ने जिकिर गर्नु भएको थियो ।

एमालेका जिल्ला सदस्य सोहनलाल यादवले नरैनापुर गाउँपालिका साक्षर घोषित हुनु आफैमा उपलब्धी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, हाम्रो शिक्षामा अझै पनि परिवर्तन नआइसकेकोले गम्भीर भएर काम गर्न आग्रह गर्नु भयो । 

शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले नरैनापुरले आफ्ना ९ हजार १ सय ७५ निरक्षर नागरिकलाई साक्षर बनाउन २०७८ भदौ २४ गतेदेखि साक्षर अभियान थालेको जानकारी दिनु भएको थियो। उहाँले यी मध्ये ८ हजार ८ सय २६ जना साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको बताउनु भयो । नरैनापुर बाँकेको छैठौं साक्षर पालिका बनेको छ । अब नेपालगञ्ज र डुडुवा साक्षर घोषणा हुन बाँकी छन् ।

गाउँपालिकालाई साक्षर घोषणा गर्ने कार्यक्रमलाई जिल्ला समन्वय समिति प्रमुख श्रीवास्तब, गाउँपालिका अध्यक्ष शाह, शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, एमाले नेता सोहनलाल यादव लगायतले सम्बोधन गरेका थिए । घोषणा कार्यक्रममा साक्षर अभियानलाई सफल बनाउन महत्वपूर्ण भूपमका निर्वाह गरेको भन्दै युथ टुडे न्युजका सम्पादक आलम खान, बरिष्ठ पत्रकार सेराज खान, इसेतो खरीका सम्पादक कलम न्यौपाने, पत्रकार भागत थारु, तिलक गाँउले, कृष्ण ओली, नबिन गिरी शौरब गिरी लगायत दर्जनौ पत्रकार, विभिन्न व्यक्ति, संघसंस्था लगायतलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार