मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ भव्यताका साथ सम्पन्न

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

काठमाडौँ । नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान पर्व तीजका अवसरमा महिलालाई सम्मान तथा दर खुवाउने उद्देश्यले आयोजित यात्रा भव्यरुपमा सम्पन्न भएको कम्पनीले जनाएको छ । 

समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई भेला पारी कम्पनीले तीज यात्रा आयोजना गरेको कम्पनीका बिजनेश डेभलपमेन्ट डाइरेक्टर दुर्गादत्त पन्तले जानकारी दिए ।

उनका अनुसार यात्रा भदौ ४ गते बुटवलको सिद्धार्थ कटेजबाट सुरु भएको थियो । यात्रा भदौ ५ गते भैरहवाको सिद्धार्थ भिलासा, भदौ ६ गते सिद्धार्थ होटल, टीकापुर र भदौ ८ गते सिद्धार्थ कटेज नेपालञ्जमा आयोजना भएको थियो ।

तीज यात्राभर गायिका मञ्जु पौडेलसहित स्थानीय कलाकारहरुले विशेष प्रस्तुति दिएका थिए । चार स्थानमा गरिएको कार्यक्रममा गरी एक हजारभन्दा बढी महिला उपस्थित थिए । “विभिन्न क्षेत्रमा सक्रिय र सम्मानित महिलालाई निमन्त्रणा गरी कार्यक्रम आयोजना गरिएको थियो, तीजका अवसरमा यो कम्पनीका तर्फबाट गरिएको सम्मान थियो”, पन्तले भने ।

सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्ड सञ्चालित छन् । साथै कम्पनीले हस्पिटालिटी एजुकेशन, रेष्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेकिड आइटीलगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार