मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

बाढीमा परी मृत्यु हुनेको परिवारलाई २ लाखका दरले राहत रकम उपलब्ध गराइने

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२५ असार २०८२, बुधवार

काठमाडौँ । सरकारले हालै रसुवा जिल्लामा आएको बाढीमा परि मृत्यु हुनेको परिवारलाई राहत तथा घाइतेहरूलाई उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आज सिंहदरबारमा रसुवामा आएको बाढि तथा क्षतिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले बाढीमा परी मृत्यु हुनेको परिवारलाई २ लाखका दरले राहत रकम उपलब्ध गराइने र घाइतेहरूको स्वास्थ्य मन्त्रालयमार्फत उपचारको व्यवस्था मिलाउने विपद् कार्यकारी परिषद्ले निर्णय गरेको बताउनुभयो ।

हिजो बसेको विपद् कार्यकारी परिषद्को बैठकले नेपाल–चीन जोड्ने मितेरी पुलको पुनर्निर्माण तथा सञ्चालनका लागि पुनः चीन सरकारसँग अनुरोध गर्ने र क्षति पुगेको अन्य पुर्वाधारहरुको सम्बन्धित मन्त्रालयमार्फत पुनर्निर्माणको कार्य तत्काल अघि बढाउने निर्णय गरेको पनि प्रमुख भट्टले जानकारी दिनुभयो ।  

कार्यकारी प्रमुख भट्टले बाढीको कारण पहिचान गर्न विस्तृत अध्ययन गर्ने, भविष्यमा पूर्व सूचना र पुर्वतयारी सुनिश्चित गर्न चीनसँग आवश्यक समन्वय गर्ने पनि बताउनुभयो ।

पत्रकार भेटघाटमा रसुवा बाढीमा परी ९ जनाको मृत्यु, १९ जना बेपत्ता र एक जना घाइते रहेको र बाढीले २४ वटा कन्टेनर ट्रक, ३५ वटा विद्युतीय बस बगाउनुका साथै चीनसँग जोड्ने महत्वपूर्ण दुई पुलमा क्षति पुगेको जानकारी दिइएको छ ।

हालसम्म बाढीमा परेका ५७ जनाको सुरक्षाकर्मी परिचालनद्वारा र ३१ जनाको हेलिकप्टरमार्फत आपतकालिन उद्धार गरिएको छ ।

यस्तै असार २४ गते बिहान रसुवाको ल्हेन्दे र केरुङ खोलामा अचानक आएको बाढि कुनै भारी बर्षाले नभई हिमताल फुट्नुको कारण भएको प्रारम्भिक अनुमानले देखाएको पनि प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार