मुख्य समाचार
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा | यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका | जानकी वाङ्मय प्रतिष्ठान गठनको तयारी तीव्र, ऐनको मस्यौदा अध्यक्ष खाँलाई हस्तान्तरण | नरैनापुर पूर्णखोप सुनिश्चितता घोषणा, ३ जना स्वास्थ्यकर्मीको विदाइ | समावेशी विकासको आधार खोज्दै नरैनापुर : लैससास परीक्षण सम्पन्न | जानकीमा १५ शैयाको अस्पताल भवन हस्तान्तरण | नरैनापुर गाउँपालिकाको २० औं अधिवेशनबाट आर्थिक तथा विनियोजन विधेयक पारित | बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बालअधिकारसम्बन्धी संयुक्त बैठक | ठाकुरबाबा र मधुवनका युवालाई बाख्रा तथा बंगुरपालन सम्बन्धि सीप प्रदान | चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह |

जानकी वाङ्मय प्रतिष्ठान गठनको तयारी तीव्र, ऐनको मस्यौदा अध्यक्ष खाँलाई हस्तान्तरण

यूथ टुडे समाचारदाता 3431+ समाचार ( )
६ असार २०८३, शनिबार

बाँके । बाँकेको जानकी गाउँपालिकामा भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र विकासका लागि गठन गरिने जानकी वाङ्मय प्रतिष्ठानसम्बन्धी ऐनको प्रस्तावित मस्यौदा गाउँपालिकाका अध्यक्ष छब्बन खाँलाई हस्तान्तरण गरिएको छ।

प्राध्यापक हरि तिमिल्सिनाले अध्यक्ष खाँलाई प्रतिष्ठान गठनसम्बन्धी ऐनको मस्यौदा हस्तान्तरण गर्दै स्थानीय साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई संस्थागत विकास गर्न प्रतिष्ठान महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।

मस्यौदा बुझ्दै अध्यक्ष खाँले गाउँपालिकाले भाषा, साहित्य र संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेको बताउँदै आगामी असार १० गते बस्ने गाउँसभाबाट उक्त ऐन स्वीकृत हुने र त्यसपछि जानकी वाङ्मय प्रतिष्ठान गठन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रतिष्ठानले स्थानीय प्रतिभाको पहिचान, सिर्जनशीलताको विकास तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सो अवसरमा प्रथम जानकी पर्यटन प्रवर्द्धन तथा साहित्यिक महोत्सव–२०८३ को प्रतीक चिन्ह अध्यक्ष छब्बन खाँ तथा गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीलाई हस्तान्तरण गरिएको थियो । महोत्सवले जानकी गाउँपालिकाको पर्यटन, साहित्य र सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको प्राध्यापक तिमिल्सिनाले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्थानीय भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई संस्थागत स्वरूप दिन प्रतिष्ठान गठनको तयारी अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार