मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र जित्ने निश्चित

महमूद आलम खान 1133+ समाचार ( )
बालेन्द्र साहले ‘निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न’ अपिल गरे
११ जेठ २०७९, बुधवार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा आफ्नो जित सुनिश्चित भएपछि बालेन्द्र साहले ‘निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न’ अपिल गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गदै उनले आफ्नो जितमा विजयी जुलुस समेत ननिकाल्न आग्रह गरेका छन् ।

साहले फेसबुकमार्फत जारी वक्तव्यमा भनेका छन्, ‘जित–हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला’ । अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।’

उनले स्थानीय तह निर्वाचन–२०७९ मा आफूलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद दिएका छन् ।

‘अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुँदैन’ उनले भनेका छन् ।

उनले आफूलाई मतदान नगर्नेहरुको भावनामा समेत चोट नपर्नेगरी काम गर्ने प्रतिवद्धता गरेका छन् । महानगरको उन्नतिका लागि सबैसँग सहकार्यको आग्रह गर्दै उनले भनेका छन्– ‘मेरो स्वयमको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनुपर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ ।’

निर्वाचित भएदेखि आफ्नो वास्तविक परीक्षा शुरु भएको भन्दै उनले आफ्नो कामकारबाहीलाई खबरदारी गर्न आग्रह गर्दै साहाले भनेका ‘अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।'

प्राप्त पछिल्लो विवरणअनुसार साहले आफ्ना प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २०१९६ मतले अग्रता लिएका छन् । तर, अब काठमाडौंको १९६४९ मत मात्रै गन्न बाँकी छ । अबको गणनामा कुनै भोट आएन भने पनि उनी विजयी हुनेछन् ।

काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो । त्यसमध्ये बालेनले करिब ३५ प्रतिशत भोट ल्याइरहेका छन् । काठमाडौंमा स्वतन्त्र व्यक्ति मेयर निर्वाचित भएको पहिलोपटक हो ।

बालेन भारी मतान्तरले विजयी हुँदा दोस्रो स्थानमा को आउँछ भन्ने अझै निधो भएको छैन । कांग्रेसका उम्मेदवार सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा झिनो मतान्तरले अगाडि छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार