मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

आज मूर्ख बनाउने दिवस ! कसरी सुरु भयो अप्रिल फुल

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

काठमाडौँ । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो ।

किम्बदन्तीअनुसार प्राचीन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी तेह्रौँले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर जारी गरे । रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए ।

तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरू १ अप्रिललाई नै नयाँ वर्ष मनाउँथे । त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्यले मजाक उडाए । 

अप्रिल फुल दिवसका बारेमा अर्को एउटा प्रचलित जानकारी चाहिँ यस्तो पनि छ ।

भनिन्छ, पहिलेको क्यालेण्डरमा अप्रिल महिना देखि नयाँ वर्ष सुरु हुन्थ्यो तर पछि क्यालेण्डरमा संशोधन गरी जनवरी देखि नयाँ वर्ष सुरु गरियो । यो संशोधनलाई सबैभन्दा पहिले फ्रान्सले अपनायो । सन् १५६४ मा फ्रान्सका तत्कालीन राजा चार्ल्स नवौँले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष सुरु हुने घोषणा गरे ।

जनताले राजाज्ञालाई स्विकारेर पहिलो जनवरीलाई वर्षको सुरुवात मान्न थाले । तर कतिपय जनताले चाहिँ यो परिवर्तनलाई सहज रूपमा स्विकार्न सकेनन् । उनीहरूले पहिलो अप्रिललाई नै वर्षको सुरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी मूर्ख भनी गिज्याउन थाले र अप्रिल एकलाई ‘मूर्खहरूको दिन’ भनी नामकरण गरे ।

यसरी पहिलो अप्रिललाई वर्षको सुरुवात मान्नेहरूलाई उनीहरूले हाँस उठ्दो, गिज्याउने खालको उपहारहरू पठाएर खिसी उडाउन थाले । तिनीहरूलाई विभिन्न तरिकाले झुक्याएर मूर्ख बनाउन थाले । त्यहीबाट नै पहिलो अप्रिलका दिन अरूलाई मूर्ख बनाउने प्रचलनको सुरुवात र विस्तार हुँदै गयो भनिन्छ ।

अप्रिल फुल यसअघि नै सुरु भएको थियो भन्ने दाबी पनि छन् । एक किम्बदन्तीले १३९२ बाटै मानिसलाई १ अप्रिलमा मूर्ख बनाउन थालिएको थियो भन्छ, यस दाबीअनुसार ‘नन्स प्रिन्स टेल’ कथामा कथाकार जियोफ्रे काउस्सरले मार्चको ३० र थप २ दिन भनेर ३२ मार्चको सङ्केत गरेका छन्, यसलाई कतिले १ अप्रिल भनेर अर्थ्याएका छन् र यति बेला पनि झुक्याउने खेल हुन्थ्यो भनेका छन् । यद्यपि, १ अप्रिल कहीँ उल्लेख छैन ।

केही रिपोर्टका अनुसार १५०८ मै एक फ्रान्सेली कविले आफ्नो रचनामा अप्रिल फूलको सन्दर्भ उल्लेख गरेका थिए । अर्को एक दाबीअनुसार १५३९ कवि ‘डे डेने’ ले आफ्नो रचनामा १ अप्रिलमा धनाढ्य मालिकले आफ्ना नोकरलाई मूर्खतापूर्ण कामका लागि पठाएको विषय उल्लेख गरेका छन् । अप्रिल फुल युरोप, अमेरिकासहित विश्वका धेरै देशमा मनाइन्छ र यस्ता धेरै किम्बदन्ती प्रचलनमा छन् । 

१९१५ मा जर्मनीको लिले हवाई अड्डामा ब्रिटिस पाइलटले बमजस्तै वस्तु फ्याँकेको विषय अप्रिल फुलको वर्णन गर्दा सधैँ चर्चामा आउँछ । यसलाई देखेर मानिसहरूबिच भागदौड नै मच्चियो, त्रस्त मानिसहरू लामो समय लुके । तर बम नपड्किएपछि उनीहरू फर्किएर आए । त्यहाँ बम होइन, एउटा फुटबल फ्याँकिएको रहेछ, जहाँ लेखिएको थियो – अप्रिल फुल । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार