मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

भ्रष्टचारीहरुलाई कारवाही गर्न माग गर्दै राप्रपाले बुझायो ज्ञापन पत्र

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँकेले प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य मार्फत प्रधानमन्त्रीलाई ठूला भ्रष्टाचार काण्ड छानबिन गर्न ज्ञापन पत्र बुझाएका छन् ।
२९ वैशाख २०८०, शुक्रबार

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँकेले प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य मार्फत प्रधानमन्त्रीलाई ठूला भ्रष्टाचार काण्ड छानबिन गर्न ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी आचार्यलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै ठूला भ्रष्टाचारका फाइल खोलिनुपर्ने माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन राप्रपाका सह महामन्त्री ऋषिराज देवकोटा, महिला संगठनकि केन्द्रीय सदस्य पिंकी शाह, युवा संगठनका नेता रबि बर्मा सहितका नेताहरु जिल्ला प्रशासन कार्यालय बाँके पुगेका थिए । सोक्रममा ऋषिराज देवकोटाले भने, ‘कुनै पनि भ्रष्टचारीले उन्मुक्ति पाउनु हुन्न । सबै ठूलाठूला भ्रष्टाचार काण्डका फाइलहरू पनि खोलिनु पर्छ।’

राप्रपाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि कुनैपनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ । तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ ।’

राप्रपाले २०४६ साल पछिका सबै नेता तथा कर्मचारीका सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै भनिएको छ, ‘०४६ पछिका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गरियोस् ।’ पार्टीले छानबिनमा दोषीलाई उम्काउन खोज्ने कुनैपनि योजना र चलखेलविरुद्ध सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्नेसमेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार