मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

सुरक्षित र निष्पक्ष मतदानका लागि नेपाल निजामती कर्मचारी संगठन बाँकेको प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१७ फाल्गुन २०८२, आइतबार

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल निजामती कर्मचारी संगठन बाँकेले पूर्ण तयारी गरेको जनाएको छ। संगठनले निर्वाचनलाई सफल बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य तीव्र गतिमा अघि बढाइएको जानकारी दिएको हो ।

संगठनका अनुसार निर्वाचनका लागि आवश्यक मतपत्र, मतदाता परिचयपत्र तथा अन्य सामग्री जिल्लाका विभिन्न मतदान केन्द्रमा वितरण भइरहेको छ। निर्वाचन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन खटिएका कर्मचारीहरूलाई मतदान केन्द्रमै रही जिम्मेवारी निर्वाह गर्न स्पष्ट निर्देशन दिइएको छ।

संगठनका अध्यक्ष देवलाल चौलागाई र सचिव तेजेन्द्र रोकायाद्वारा जारी प्रेस विज्ञप्तिमा निर्वाचनमा कुनै प्रकारको अवरोध सिर्जना गर्ने वा नियमविपरीत गतिविधि गर्ने कार्यलाई कडाइका साथ नियन्त्रण गरिने उल्लेख छ। कर्मचारीहरूले निष्पक्षता, पारदर्शिता र उत्तरदायित्वका साथ आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नु भयो ।

साथै मतदाता र कर्मचारीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सबै तहका सुरक्षा निकायसँग समन्वय गरी विवादरहित वातावरण निर्माण गर्न संगठनले आग्रह गरेको छ। निर्वाचन सम्पन्न भएपछि मतगणना प्रक्रिया समेत निष्पक्ष र पारदर्शी ढंगले अघि बढाइने विश्वास व्यक्त गरिएको छ।

संगठनले सरकारी निकाय, निर्वाचन सम्बन्धी सरोकारवाला पक्ष तथा आम नागरिकसँग सहकार्य गर्दै लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउने अठोट दोहोर्‍याएको छ। स्वच्छ निर्वाचन नै लोकतन्त्रको आधार भएको उल्लेख गर्दै सबै नागरिकलाई जिम्मेवार सहभागिताका लागि आह्वान गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार