मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |
मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |


राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
३० जेठ २०८३, शनिबार

बाँके । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन एकाई बर्दियाले सञ्चालन गरिरहेका जोन तथा सुपरजोन कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन तथा अनुभव आदानप्रदानका लागि शुक्रबार अन्तरनिकाय संयुक्त अनुगमन सम्पन्न गरेको छ । 

बाँकेको जानकी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा कृषकहरूको सहभागितामा रहेको अनुगमन टोलीले बर्दियाको राजापुर नगरपालिकामा सञ्चालित धान सुपरजोन कार्यक्रमको स्थलगत अवलोकन गरेको हो । अवलोकनका क्रममा राजापुर क्षेत्रमा व्यावसायिक रूपमा भइरहेको चैते धान खेती, उत्पादन प्रणाली, सिँचाइ व्यवस्थापन तथा कृषकहरूको अनुभवबारे जानकारी लिइएको थियो ।

परियोजना कार्यान्वयन एकाई बर्दियाका नायब प्राविधिक सहायक (नाप्रासा) गणेश रसाइलीले राजापुरलाई नेपालकै उच्च धान उत्पादन हुने क्षेत्रका रूपमा चिनाउँदै चैते धान खेतीलाई विशेष प्राथमिकताका साथ प्रवर्द्धन गरिएको बताउनुभयो। उहाँले परियोजनाले धान, केरा तथा माछा जोन र सुपरजोनमार्फत कृषकको उत्पादन वृद्धि, आयआर्जन तथा कृषि व्यवसायीकरणमा योगदान पुर्‍याइरहेको जानकारी दिनुभयो ।

“जोन तथा सुपरजोन कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्दै आगामी दिनमा अझ परिणाममुखी र कृषकमैत्री कार्यक्रम सञ्चालन गर्ने योजना छ,” रसाइलीले भन्नुभयो ।

अनुगमनका क्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले परियोजनाले कृषकको आवश्यकता पहिचान गरी प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गरिरहेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो। उहाँले जानकी गाउँपालिकामा यस वर्ष पहिलो पटक ५५ कठ्ठा क्षेत्रफलमा चैते धान खेती गरिएको जानकारी दिँदै राजापुरको सफल अभ्यासले स्थानीय किसानलाई थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनुभयो ।

“राजापुरको अनुभवले जानकीका किसानलाई व्यावसायिक चैते धान खेतीतर्फ आकर्षित गरेको छ। उत्पादन वृद्धि र आत्मनिर्भरताका लागि यस्ता अध्ययन अवलोकन कार्यक्रम प्रभावकारी हुनेछन्,” अध्यक्ष खाँले बताउनुभयो ।

अनुगमनपछि किसानहरूसँगको छलफलमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले राजापुरका किसानले अपनाएको आधुनिक कृषि अभ्यासको प्रशंसा गर्दै जानकीमा सिँचाइ सुविधा विस्तार गरी चैते धानको ‘पकेट क्षेत्र’ विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “उत्पादन बढाउन सिँचाइ सबैभन्दा महत्वपूर्ण पक्ष हो। आवश्यक पूर्वाधार विकास गरेर जानकीमा पनि चैते धान खेतीलाई विस्तार गरिनेछ।”

राजापुरकी कृषक निलम चौधरीले विगत नौ वर्षदेखि चैते धान खेती गर्दै आएको अनुभव सुनाउँदै बर्खे धानको तुलनामा चैते धानको उत्पादन बढी हुने गरेको बताउनुभयो। तर उत्पादन राम्रो भए पनि उचित बजार मूल्य नपाउँदा किसान चिन्तित रहेको उहाँको भनाइ थियो ।

“चैते धानबाट राम्रो उत्पादन हुन्छ, तर बजार व्यवस्थापन र मूल्य सुनिश्चितता आवश्यक छ,” चौधरीले भन्नुभयो। उहाँले जानकीका किसानलाई पनि चैते धान खेती विस्तार गर्न सुझाव दिनुभयो ।

अनुगमनमा सहभागी विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूले परियोजनाबाट प्राप्त प्राविधिक तथा संस्थागत सहयोगले कृषि कार्यलाई सहज बनाएको प्रतिक्रिया दिएका थिए। जानकी गाउँपालिका–२ का कृषक विश्राम बढहीले राजापुरको सफल अभ्यासले आफूहरूलाई चैते धान खेतीप्रति थप उत्साहित बनाएको बताउनुभयो।

जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले कृषि उत्पादन वृद्धि र किसानको आयस्तर सुधारका लागि यस्ता अध्ययन अवलोकन कार्यक्रम आवश्यक रहेको बताउनुभयो भने वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादवले सिकाइ र अनुभव आदानप्रदानले स्थानीय कृषि विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी जानकी गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले सिँचाइ समस्याको समाधान गर्दै किसानलाई उत्पादनमुखी कार्यक्रममार्फत प्रोत्साहन गरिने बताउनुभयो ।

अनुगमन कार्यक्रममा कृषि शाखा प्रमुख मनोज मण्डल, कार्यपालिका सदस्य राम अचल धोबी, कमला देवी यादव, सुचना प्रविधि अधिकृत बिकास जिसी, जिन्सी शाखा प्रमुख राजु यादव, प्रशासन शाखा प्रमुख गोपी चौलागाईं लगायत जनप्रतिनिधि, कर्मचारी तथा कृषकहरूको सहभागिता रहेको थियो ।

राजापुरको सफल चैते धान खेतीको अनुभवले जानकी गाउँपालिकामा पनि व्यावसायिक कृषि विस्तारको सम्भावना उजागर गरेको सहभागीहरूको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार