मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल गर्छु - मन्त्री भण्डारी

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे उपभोक्ताकर्मीसँग छलफल गरेको छ । 

सिंहदरबारस्थित समितिमा भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अब आउने चाडपर्वमा दैनिक खाद्यवस्तुको अभाव हुन नदिन सरकारले आफ्नो तयारी गरिरहेको बताउनुभयो । 

मन्त्री भण्डारीले खुल्ला सीमा र बजेटमा करको दर निर्धारणबाट बजार प्रभावित हुने भएकाले यसप्रति सचेत रहेको भन्दै जनतालाई सहज र सुलभ आपूर्ति गर्न सरकार जिम्मेवार रहेको बताउनुभयो । 

मन्त्री भण्डारीले चाडपर्व लक्षित यो वर्ष पनि ४३ भन्दा बढी ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन गरिने र अनलाइन सेवा पनि प्रवाह गरिने, चिनी लगायत अन्य खाद्य वस्तुको अभाव हुन नदिन अहिलेदेखि नै तयारी भइरहेको जानकारी दिनुभयो । 

बैठकमा उपभोक्ता अधिकारकर्मीहरूले चाडपर्वमा मात्र नभएर सबै दिन उपभोक्ता मैत्री वातावरण बनाउनुपर्ने, विषादी परिक्षण गर्न औजार खरिद गरी फलफूल तथा तरकारीबाट लागिरहेको रोगलाई हटाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उपभोक्ता अधिकारकर्मीहरूले सातै प्रदेशमा भएको अनुगमन संयन्त्रलाई सक्रिय बनाउनुपर्ने, समयसापेक्ष कृषि तथा वाणिज्य नीति ल्याइनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार