मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

बाँके क्षेत्र नं २‌ का उम्मेदवार राइले गरे मतदान

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

बाँके । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बाँके निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार तथा पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले बिहानै मतदान गर्नुभएको छ ।

राईले नेपालगञ्ज–१५ स्थित हनुमान आधारभूत विद्यालय मतदान केन्द्र मा बिहान ७ बजे नै पुगेर सबैभन्दा पहिले मतदान गर्नुभएको हो ।

मतदानपछि उहाँले बाँके निर्वाचन क्षेत्र नं. २ का सम्पूर्ण मतदातालाई सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ।

राइले भन्नुभयो, “प्रतिनिधिसभा सदस्यको निर्वाचन हाम्रो भविष्य र देशको नीति निर्धारणसँग प्रत्यक्ष जोडिएको विषय भएकाले मतदान गर्नु भनेको हामी सबैको जिम्मेवारी र कर्तव्य हो ।,” 

जिल्लामा बिहान ७ बजेदेखि मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका अनुसार जिल्लाका १३९ मतदानस्थलका ४०० मतदान केन्द्रमा एकैसाथ मतदान सुरु भएको हो।

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ। मतदान केन्द्रभित्र नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिएका छन् भने केन्द्र बाहिर अन्य सुरक्षा निकायले सुरक्षा व्यवस्थालाई कडा बनाएका छन्।

बाँकेमा कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन्। जसमध्ये १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन्।

सुरक्षा व्यवस्था कडा र मतदाताको उत्साहजनक सहभागिताबीच जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार