मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

बाँके क्षेत्र नं २‌ का उम्मेदवार राइले गरे मतदान

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

बाँके । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बाँके निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार तथा पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले बिहानै मतदान गर्नुभएको छ ।

राईले नेपालगञ्ज–१५ स्थित हनुमान आधारभूत विद्यालय मतदान केन्द्र मा बिहान ७ बजे नै पुगेर सबैभन्दा पहिले मतदान गर्नुभएको हो ।

मतदानपछि उहाँले बाँके निर्वाचन क्षेत्र नं. २ का सम्पूर्ण मतदातालाई सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ।

राइले भन्नुभयो, “प्रतिनिधिसभा सदस्यको निर्वाचन हाम्रो भविष्य र देशको नीति निर्धारणसँग प्रत्यक्ष जोडिएको विषय भएकाले मतदान गर्नु भनेको हामी सबैको जिम्मेवारी र कर्तव्य हो ।,” 

जिल्लामा बिहान ७ बजेदेखि मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका अनुसार जिल्लाका १३९ मतदानस्थलका ४०० मतदान केन्द्रमा एकैसाथ मतदान सुरु भएको हो।

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ। मतदान केन्द्रभित्र नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिएका छन् भने केन्द्र बाहिर अन्य सुरक्षा निकायले सुरक्षा व्यवस्थालाई कडा बनाएका छन्।

बाँकेमा कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन्। जसमध्ये १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन्।

सुरक्षा व्यवस्था कडा र मतदाताको उत्साहजनक सहभागिताबीच जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार