मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
२५ असार २०८३, बिहीबार

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टाको भ्रष्टाचार मुद्दाका आरोपितहरु सबैले सफाई पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगिता पहाडी अर्याललगायत १८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले आज सबै प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको हो ।

मुद्दा दर्ता हुँदा अर्याल प्रबन्धनिर्देशक थिइन् । जसका कारण सोही मितिदेखि उनी निलम्बित थिइन् । उनीहरुबाहेक टेलिकमसँग बिलिङ मर्मतसम्भार ठेक्काको सम्झौतामा संलग्न एसिया इन्फो कम्पनीका साथै त्यसका वरिष्ठ निर्देशक लङ योङ्ग, एसिया इन्फोको काठमाडौं कार्यालयका तत्कालीन प्रोजेक्ट म्यानेजर ह्यवाङ वेइ (एल्लो), स्थानीय एजेन्ट अरनिको इन्टरनेसनलका निर्देशक शैलेश श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो ।

यो मुद्दामा विशेष अदालतमा असार १७ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको थियो । बिहीबार सुनुवाइ सकिएपछि न्यायाधीशहरूले सबै प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार