मुख्य समाचार
रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण |

टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ

यूथ टुडे समाचारदाता 3527+ समाचार ( )
२५ असार २०८३, बिहीबार

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टाको भ्रष्टाचार मुद्दाका आरोपितहरु सबैले सफाई पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगिता पहाडी अर्याललगायत १८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले आज सबै प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको हो ।

मुद्दा दर्ता हुँदा अर्याल प्रबन्धनिर्देशक थिइन् । जसका कारण सोही मितिदेखि उनी निलम्बित थिइन् । उनीहरुबाहेक टेलिकमसँग बिलिङ मर्मतसम्भार ठेक्काको सम्झौतामा संलग्न एसिया इन्फो कम्पनीका साथै त्यसका वरिष्ठ निर्देशक लङ योङ्ग, एसिया इन्फोको काठमाडौं कार्यालयका तत्कालीन प्रोजेक्ट म्यानेजर ह्यवाङ वेइ (एल्लो), स्थानीय एजेन्ट अरनिको इन्टरनेसनलका निर्देशक शैलेश श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो ।

यो मुद्दामा विशेष अदालतमा असार १७ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको थियो । बिहीबार सुनुवाइ सकिएपछि न्यायाधीशहरूले सबै प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार