मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

रक्तसंचार सेवा दिवसका अवसर ३९ जना उत्कृष्ठ रक्तदातालाई रेडक्रसको आजीवन सदस्यता प्रदान

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
एक प्रतिशत मात्रै नियमित रक्तदान हुने हो भने पनि रगतको अभाव हुदै– पूर्व केन्द्रीय उपाध्यक्ष अजीत शर्मा
११ श्रावण २०८१, शुक्रबार

बाँके। ५९ औँ नेपाल रेडक्रस रक्तसंचार सेवा दिवसका अवसरमा नेपाल रेडक्रस सोसाईटी बाँकेले आज शुक्रबार एक कार्यक्रमका बिच ३९ जना उत्कृष्ट रक्तदाताहरुलाई आजीवन सदस्यता प्रदान गरी सम्मान गरेको छ ।

नेपाल रेडक्रस बाँकेका सभापति गोर्वधन सिहं सम्झनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रेडक्रसका पूर्व केन्द्रीय उपाध्यक्ष अजित शर्माले भन्नुभयो, २५ देखि १०० पटक सम्म रक्तदान गर्ने रक्तदाताहरुलाई आजीवन सदस्य प्रदान गरी सम्मान गरिएको बताउदै उहाँले भन्नुभयो, रक्तदाताहरु र संघसंस्थाको सहयोगप्रति आज म आभार व्यक्त गर्न चाहान्छु । विपदको समयमा रक्तसञ्चार सेवा प्रभावित भएपनि रक्तदाता र रक्तसंचार सेवा सँग सम्वद्ध संघसंस्थाको सहयोगमा जोखिम न्यूनीकरणमा ध्यान दिँदै सेवा प्रवाह गरिएको भन्दै रक्तदाताहरुलाई बधाई दिनु भएको थियो ।

केन्द्रीय उपाध्यक्ष शर्माले नेपालमा एक प्रतिशत मात्रै नियमित रक्तदान हुने हो भने पनि रगतको अभावको अवस्था सृजना नहुने बताउनु भयो । उहाँले रगत नपाएर बाँकेमा हाल सम्म कसैको ज्यान नगएको दाबी गर्दै भन्नुभयो, रक्तदान गर्नेहरुको संख्या दिन प्रतिदिन बढी रहेकोले आउने दिनहरुमा पनि रगतको अभावमा कसैले अकालमा ज्यान नगुमाउने बताउनु भएको थियो ।

स्वयंसेवी रक्तदाता समाज बाँकेका अध्यक्ष दिला शाहले रक्तसञ्चार सेवा केन्द्रले जस्तोसुकै विपद् तथा महामारीको समयमा पनि रगतको सहज व्यवस्थापनका लागि गरेको पहल प्रशंसनीय रहेको बताउदै बाँके लगायत पश्चिम नेपालमा महिला रक्तदाताहरुको संख्यमा बृद्धि गरी अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।  

रेडक्रसले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्दै आएको रेडक्रसका सभापति गोर्वधनसिंह सम्झनाले बताउनु भएको थियो । उहाँले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले भूमिका खेल्न जरुरी रहेको बताउदै भन्नुभयो, अब नगरमा मात्र सिमित नभई ग्रामीण भेगका यूवाहरुलाई रक्तदान गर्ने उत्प्रेरणा मूलक कार्यक्रम गर्न रक्त संचार समितिलाई निर्देशन दिनु भयो ।

कार्यक्रम एक सय पटक रक्तदान गरेको भन्दै संचारकर्मी पवन जैसवाललाई रेडक्रस बाँके शाखाले कदर पत्र प्रदान गरी सम्मान गरेको थियो । सम्मान पाए पछि पवन जैयसवालले भन्नुभयो, रक्तदान गरेर आफनो शरिरलाई स्वस्थ बनाउन सकिनुका साथै अरुको ज्यान बचाउन समेत सकिने भएकोले रक्तदान अनिवार्य गर्न आग्रह गर्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोर्वधन सिंह सम्झनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रेडक्रसका पूर्व केन्द्रीय उपाध्यक्ष अजित शर्मा, रेडक्रस अभियान्ता सनद रेग्मी, मिल बहादुर मल्ल, स्वास्थ्य सेवा समिति बाँकेका सदस्य आलम खान, रश्मी श्रेष्ठ, रुपन ज्ञवाली, नेरेसो जिल्ला शाखा र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार