मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

६ महिनामा २२ वटा भूकम्पको धक्का, सुदूरपश्चिममा मात्रै १५ वटा

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१६ अशोज २०८०, मङ्गलबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा ६ महिनाको अवधिमा १५ वटा भूकम्मको धक्का मापन भएको छ । वैशाखयता सो प्रदेशमा साना ठुला गरी चार म्याग्निच्युडमाथिका १५ वटा भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ५.३, ६.३ र ४.१ दुई वटा  म्याग्निच्युडको भूकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।  ३ बजेर ६ मिनेट जाँदा बझाङको चैतपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा पनि बझाङकै तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा थप दुई वटा ४.१ म्याग्निच्युडको पराकम्प गएको केन्द्रको भनाइ छ ।  यसैगरी ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ म्याग्निच्युडको अर्को भूकम्पको धक्का पनि मापन भएको छ । 

भूकम्पबाट निजी र सार्वजनिक भौतिक संरचनामा क्षति भएपनि हालसम्म मानवीय  क्षति नभएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेयले जानकारी दिएका छन् । 

यसअघि वैशाख १० गते बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । बाजुरामै केन्द्रबिन्दु बनाएर वैशाख १४ मा ४.९, वैशाख १५ मा ५.९, ४.१ मा, २१ मा ४.१ र वैशाख २८ मा ४.३, जेठ ८ गते ४.१ र जेठ २९ गते बाजुरामै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । यसैगरी सुदूरपश्चिमको बझाङलाई केन्द्रबिन्दु बनाएर जेठ १० गते ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । असार ५ गते दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.० रेक्टर स्केललको भूकम्प गएको केन्द्रको तथ्याङ्कले देखाएको छ । 

सुदूरपश्चिमबाहेक वैशाख १८ मा हुम्लालाई केन्द्रबिन्दु बनाएर ४.०, जेठ ७ गते रुकुम पूर्वमा ४.१, असार ८ गते लमजुङमा ४.०, असार २८ मा हुम्लामा ४.६ , साउन ३ गते कास्कीलाई केन्द्रबिन्दु बनाएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो । यसैगरी भदौ १५ गते पूर्वी नेपालको भोजपुरलाई केन्द्रबिन्दु बनाएर ४.० र पाँचथरलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । यसरी हेर्दा पछिल्लो ६ महिनामा नेपालमा २२ वटा भूकम्पको धक्का गएको देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार