मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार

प्रमिला बिश्वकर्मा 17+ समाचार ( )
१६ वैशाख २०८३, बुधवार

बाँके । प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार ले आर्थिक अभावकै कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने बताएका छन्। उनले नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर ले प्रदान गर्दै आएको स्वास्थ्य सेवा र त्यसको प्रभावकारिताबारे चासो व्यक्त गरेका हुन्।

बुधबार शिक्षण अस्पताल कोहलपुरमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै सुनारले अस्पतालले हालसम्म दिएको सेवा, यसको गुणस्तर र आगामी दिनमा विस्तार गर्न सकिने सम्भावनाबारे विस्तृत जानकारी लिए। उनले सेवाग्राहीको पहुँच विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्नेमा विशेष जोड दिए।

अस्पतालको योगदानको प्रशंसा गर्दै उनले भने, “तपाईंहरूको समर्पित सेवाले धेरै बिरामीले नयाँ जीवन पाएका छन्। मानव जीवन रक्षा जस्तो पवित्र कार्यमा लाग्नु भएका सबै चिकित्सक तथा कर्मचारी धन्यवादका पात्र हुनुहुन्छ।” उनले आर्थिक रूपमा कमजोर नागरिकहरूका लागि सहज उपचारको व्यवस्था गर्न सरकार र अस्पतालबीच सहकार्य अपरिहार्य रहेको औंल्याए।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुष्मा स्वर्णकार ले पनि स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न वर्तमान सरकार तीव्र गतिमा काम गरिरहेको बताइन्।

अस्पतालका निर्देशक रेशम बहादुर राना ले अस्पतालमा विभिन्न विशेषज्ञ सेवा सञ्चालनमा रहेको जानकारी दिए। उनका अनुसार अत्याधुनिक उपकरणको प्रयोगमार्फत जटिल रोगहरूको सफल उपचार भइरहेको छ भने रोग पहिचान र उपचार प्रक्रिया अझ सहज बनाइएको छ।

उनले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक सयौं सेवाग्राहीले सेवा लिइरहेको जानकारी दिँदै केही समयदेखि स्थगित मातृ सुरक्षा कार्यक्रम पुनः सञ्चालनको अन्तिम तयारीमा रहेको बताए।

यसैगरी, प्रशासन संयोजक तथा सम्पर्क अधिकृत रामकृष्ण हमाल ले करोडौं लागतमा निर्माण गरिएको सवारी पार्किङ सेवा हालैदेखि सर्वसाधारणका लागि निःशुल्क रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले अस्पतालका सेवा, उपलब्धि तथा भावी योजनाबारे जानकारी लिँदै ती सेवाहरूको अधिकतम उपयोग गर्न सर्वसाधारणलाई आग्रह गरे।

कार्यक्रममा स्वास्थ्य सेवाको पहुँच विस्तार र गुणस्तर सुधारका लागि सबै सरोकारवाला निकायबीच थप सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार