मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

घरायसी समस्या भन्दै प्रदेश सभा बैठकमा बिदा मागेका एमाले सांसद भेटिए एनजिओको कार्यक्रममा

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
४ भाद्र २०८०, सोमबार

काठमाडौं । घरायसी कामले प्रदेश सभा बैठकमा आउन नसक्ने भन्दै बिदा लिएका नेकपा एमालेका सांसद खडगबहादुर बस्नेत एउटा एनजिओको कार्यक्रममा व्यस्त भेटिएका छन्। 

सोमबार विराटनगरको होटल स्वागतममा आयोजित एक कार्यक्रममा उनी पूरा अवधि आफूहरू सँगै सहभागी भएको नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष लिलाबल्लभ घिमिरेले जानकारी दिए। 

नागरिक शिक्षा र  मानव अधिकार विषयक कोक्यापले आयोजना गरेको  प्रदेश स्तरीय कार्यक्रममा उनी पूरा अवधि बसेका थिए। 

'हामी कार्यक्रममा सँगै सहभागी भयौं', अध्यक्ष घिमिरेले भने, 'उहाँ कार्यक्रमको पूरा अवधि बस्नुभयो।' 

मोरङ क्षेत्र नम्बर १ को २ बाट निर्वाचित उनीसहित एमालेका सात जना ज्येष्ठ सदस्य र राप्रपाका सबै सांसद अनुपस्थित हुने जानकारी गराएका थिए। 

उनीहरू सबैले घरायसी समस्या भएको भन्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए। यसरी घरायसी समस्या भन्दै बिदा मागेका सांसद एनजिओको कार्यक्रममा भेटिएका हुन्। 

उपसभामुख सृजना दनुवार पनि आफैंले डाकेको बैठक छाडेर काठमाडौं गएपछि आज दिउँसो १ बजेलाई डाकिएको प्रदेशसभा बैठक अहिलेसम्म अन्योलमै छ। 

अहिले कार्य व्यवस्था समिति बैठक फेरि बस्ने तयारी भैरहेको कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार