मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

डुडुवामा राष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

महमूद आलम खान 1133+ समाचार ( )
बाँके । बाँके डुडुवा गाउँपालिकामा राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता २०७८ शुरु भएको छ ।
२४ चैत्र २०७८, बिहीबार

 बाँके । बाँके डुडुवा गाउँपालिकामा राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता २०७८ शुरु भएको छ । डुडुवा गाउँपालिकाको सहयोगमा नेपाल कुस्ती संघ बाँकेले प्रतियोगिता आयोजना गरेको हो । 

आज विहीबार एक समारोहका विच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उदघाटन गर्दै पछिल्लो अवस्थामा कुश्ती प्रतियोगिता हराउदै गएको भन्दै त्यसलाई प्रोत्साहन गर्न कुश्ती जरुरी भएको बताउनुभयो । उहाँले कुश्ती खेल परापुर्वकालमा गाउँघरमा साथीहरुविच खेल्ने एउटा मनोरञ्जनको रुपमा लिने गरेकाले यस्ता प्रतियोगितालाई जिवन्त बनाउनु पर्नेमा जोड दिनुभयो । 

प्रतियोगिताको उदघाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय, कार्यपालिका सदस्य लिलावती यादव, स्थानीय युवा बेलबहादुर बोहरा लगायतले बोल्नु भएको थियो । डुडुवा गाउँपालिका वार्ड नंं ५ स्थित छग्रहवा खेल मैदानमा शुरु भएको प्रतियोगितामा नेपालको सात वटै प्रदेशबाट सात वटा टिम र नेपाल प्रहरी र नेपाली सेनाको एक एक गरेर जम्म नौ वटा टिमको सहभागिता रहेको छ । 

नौ वटा टिममा १८ जना महिला र १८ जना पुरुषको सहभागिता रहेको कुश्ती संघ बाँकेले जनाएको छ । प्रतियोगितामा सहभागि खेलाडीहरुलाई ट्रेकसुट, गाडी भाडा, मेडल र प्रमाण पत्र प्रदान गरिने कुश्ती संघ बाँके अध्यक्ष रिजवान शेषले बताउनुभयो । प्रतियोगिता भोली चैत्र २५ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा कुश्तीका कोज इकवाल राइ रहनुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार