मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

बाँकेका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

बाँके । बाँके जिल्लाका तीनै वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीस्वरूप निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

बाँकेको नेपालगञ्जस्थित पशु सेवा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोही स्थानबाट बाँके निर्वाचन क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयसमेत सञ्चालनमा आएको बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन क्षेत्र नं १ का लागि राप्तीसोनारी गाउँपालिका–अगैयामा र निर्वाचन क्षेत्र नं ३ का लागि कपास विकास समिति, खजुरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै उम्मेदवारी दर्ता, मतदाता नामावलीसम्बन्धी कार्य, निर्वाचन सामग्री व्यवस्थापनलगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अब सोही कार्यालयमार्फत सञ्चालन हुने बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी उपरीक्षक अङ्गुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाललगायत सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

मतदाता तथ्यांकअनुसार बाँके निर्वाचन क्षेत्र नं १ मा ६२ हजार ३ सय ५८ पुरुष, ६२ हजार ३ सय ६७ महिला र २ जना अन्य गरी कुल १ लाख २४ हजार ७ सय २७ मतदाता रहेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा ५७ हजार १ सय १७ पुरुष, ५१ हजार १ सय ६७ महिला र ६ जना अन्य गरी कुल १ लाख ८ हजार २ सय ९० मतदाता रहेका छन् ।

बाँके निर्वाचन क्षेत्र नं ३ मा ५८ हजार ६ सय ६४ पुरुष, ५९ हजार ६ सय ८९ महिला र १ जना अन्य गरी कुल १ लाख १७ हजार ३ सय ३४ मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लाभर १ सय ३९ मतदान स्थलमा ४ सय मतदान केन्द्र तोकिएका छन् । तीन निर्वाचन क्षेत्र रहेको बाँके जिल्लामा कुल ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेको जनाइएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै बाँकेमा प्रतिनिधिसभा निर्वाचनको माहोल थप सक्रिय बन्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार