मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

धुमधामका साथ ईद पर्व मनाइयो

महमूद आलम खान 1133+ समाचार ( )
'उपासना, प्रार्थना र सद्भाव साटासाटकको पर्व हो यो,'
१९ वैशाख २०७९, सोमबार

बाँके । मुस्लिम समुदायले उनीहरूको पवित्र महिना 'रमजानउल –मुबारक' अर्थात् 'रोजा' प्रेम र सद्भावको पर्व 'इद उल–फित्र' अर्थात् 'इद'मनाएर मंगलबार समापन गरेका छन्। हरेक वर्ष मनाइने इद इश्लाम धर्मावलम्बीको सबैभन्दा महत्वपूर्ण पर्व हो।

सोमबार साँझ 'दुज' (द्वितीय) तिथीको चन्द्रमा देखेपछि मंगलबार बिहान सामूहिक नामाज (प्रर्थना) गर्दै मुस्लिमहरूले इद मनाएका हुन्। बाँकेमा सबै मुस्लिमले शुभकामना साटासाट गर्दै हर्षोउल्लास र धुमधामकासाथ इद मनाएका छन्। इदका दिन सेबई र अन्य मिठा–मिठा परिकार बनाई खाने तथा खुवाउने चलन छ। बाँकेमा मुस्लिमको पर्व इदमा हिन्दूहरूको पनि व्यस्तता बढेको देखिएको छ। यहाँका हिन्दूहरूले पनि इदका अवसरमा मुस्लिम समुदायका इष्टमित्रसँग शुभकामना तथा वधाई साटासाट गरेका थिए। मुस्लिम इस्टमित्रका घरमा सेवई खाने र बधाई आदान प्रदान गर्नेमा हिन्दू समुदायका व्यक्तिको पनि व्यस्तता देखिन्थ्यो। स्थानीय चुनावको रन्को इदमा पनि देखियो। मुस्लिम बाहुल्य टोलमा नेताहरूको लर्को देखिएको थियो।

'साथीभाइलाई हामीले निम्तो गरेर बोलाएका हौं, जो राजनीतिसँग जोडिएको छ, उसकहाँ स्वभाविक रूपमा राजनीतिक व्यक्ति आउने नै भए,' मुस्लिम बाहुल्य क्षेत्र डुडुवा २ जाफरपुर्वामा आफ्नो रहेको इदगाहमा जम्मा भएर सामुहिक नमाज पढेका थिए । करिव एक महिनाको कडा उपासनापछि सोमबार साँझ इदको चाँद हेरी आज नजिकको मस्जिद र इदगाहमा पुगेर अल्लाहसँग प्रार्थना गरेँ।' करिव एक महिना अगाडि चन्द्रमा हेरेर ब्रत सुरु गरेको दैनिक करिब १७ घण्टा निराहार र निर्जला बस्दै दिनभरीमा पाँच पटकसम्म नमाज पढेर रोजा बसेको उनले बताए। रोजामा सूर्यास्तपछि र सूर्योदयअघि मात्र अन्नजल मुखमा हालिन्छ।

'उपासना, प्रार्थना र सद्भाव साटासाटकको पर्व हो यो,' मोहम्मद साबिर खानले भने, 'आचरणमा बसेर मनाइने रामजानले धार्मिक मान्यताप्रति गहिरो लगाव देखाउँछ, र धर्मले प्रदर्शन गरेको पथमा अगाडि बढ्न प्रेरणा दिन्छ, 'इद उल–फित्र'ले आपसीभाइचारा बढाउने गर्दछ।' इदका दिन ब्रतालुहरू बिहानै नजिकको मस्जिद र इदगाहमा पुगी सामूहिक रूपमा नमाज पढेर आफू वा आफ्नो परिवारबाट भएका सबै गल्तीको क्षमायाचना गर्दै अल्लाहसँग आर्शिवाद लिन्छन् । नमाज सके पछि स्थानीय निर्वाचनमा होमिएका डुडुवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार फोरमका नेता भण्डारीलाल यादवले मुस्लिमहरुको हकहितका लागि आफू निर्वाचित भए  गरेर देखाउने प्रतिबद्धता जनाउँदै एक आपसमा अंगालो हालेर, शुभकामना साटा साट गरेका थिए । 

यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट डुडुवा गाउँपालिका अध्यक्ष पदको उम्मेदवारी दिएका रियाज शेषले आफुलाई मतदिएर बिजय गराउन आग्रह गर्दै शुभकामना साटा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार