मुख्य समाचार
नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी | राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द | बहुपक्षीय सहकार्यबाट बाँकेमा बाल कुपोषण न्यूनीकरण अभियान प्रभावकारी |

बाँकेका तिन जना पत्रकार मोहर्रम तथा कर्बला समितिद्धारा सम्मानित

यूथ टुडे समाचारदाता 3501+ समाचार ( )
बरिष्ट पत्रकार सेराज खान, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष एंव युथ टुडेका सम्पादक आलम खान, रुबरु एफएमका स्टेशन प्रमुख सकिल कादरी र नगरको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाएको भन्दै वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरिक्षक इन्द्रजीत सुनवारलाई सम्मान गरेको संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले बताए ।
११ श्रावण २०८०, बिहीबार

बाँके । नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले मोहर्रम पर्वका अवसरमा बाँकेका तिन जना क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको शुभारम्भ देखि नै मनाईने मोहर्रम पर्वको ८ औँ दिनको अवसरमा आयोजित विशाल कार्यक्रमममा क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको हो ।

बरिष्ट पत्रकार सेराज खान, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष एंव युथ टुडेका सम्पादक आलम खान, रुबरु एफएमका स्टेशन प्रमुख सकिल कादरी र नगरको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाएको भन्दै वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरिक्षक इन्द्रजीत सुनवारलाई सम्मान गरेको संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले बताए ।

मुस्लिम समूदायलाई संचार माध्यबाट सहयोग गरेको र मोहर्रम पर्वमा बिशेष योगदान पु्र्याएको भन्दै जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको संस्थाका महासचिव मोहम्मद हारुन हल्वाईको भनाई थियो । 

इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ ।  नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत ( स्वर्ग) पु¥याउन गरेको वाचानुरुप बदलामा हुसेन इराकको राजधानी कर्रवला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउँदै आएको बताए ।

संरक्षण समितिका अध्यक्ष हल्वाईले भने इराकको राजधानी कर्रवलालाई सम्झीदै ८ औँ दिनमा बाँकेका ३ जना पत्रकार र एक जना सुरक्षाकर्मीलाई सम्मान गरिएको बताए । उनले शान्तिपूर्ण र व्यवस्थित तरिकाले मोहर्रम पर्व मनाउन सबै संग आग्रह गरेका थिए । सम्मान कार्यक्रममा संविधान सभासदस्य अब्दुल हमिद सिद्धिकी, पूर्व लुम्बिनी प्रदेश सभा सदस्य याकुब अन्सारी, वडा नं. ५ का वडा अध्यक्ष सराफत खान, पूर्व वडा नं. ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना, मौलाना मन्सुर आरफी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार