मुख्य समाचार
हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न |

निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग रोकिएन

महमूद आलम खान 1133+ समाचार ( )
मानव अधिकारवादी संस्था हुरीपपद्धारा बालबालिकाको प्रयोग नगर्न आग्रह
२५ वैशाख २०७९, आइतबार

कोहलपुर । कोहलपुर नगरपालिकामा एमालेका मेयरका प्रत्यासी खिल प्रसाद भुषालले बालबालिका प्रयोग गरेका छन् ।

कोहलपुर नगरपालिका १२ मा घरदैलो कार्यक्रममा बालबालिकाहरुलाई पैसाको प्रलोभन देखाएर घरदैलोे कार्यक्रममा दौडाएका छन् । एक बालकले भने, नाम नलेदिनुहोला, मेरा नाम भन्यो भने मलाई मार्छन् त्यसैले मेरो नाम गोप्य राख्नुहोला भन्दै भने, दैनिक एक हजारको दरले पैसा दिन्छन् त्यसैले एमालेको झण्डा बोकेर गाडिमा हिडेको बताए ।

यस्तै अर्को बालिका पनि नाम खुलाउन चाहिनन्, तर उनी चप्परगौडी स्कुलमा अध्ययन गर्छिन, उनले भनीन् मःम, चाउमिन, कोक लगायतका सामानहरु दिन्छन् घर बस्नुभन्दा अहिले प्रचारप्रसारमा हिडेपछि पैसा पनि दिन्छन्, खानेकुरा पनि दिन्छन् त्यसैले प्रचारप्रसारमा हिडेको बताए ।

कोहलपुर निर्वाचन आयोगका प्रमुख तिर्थराज भट्टलेका अनुसार बालिबालिका प्रयोग गर्नु आचारसंहिता उलङ्घन गर्नु मात्र होइन अपराध गर्नु सरह भएको बताएका छन् । एमालेलाई सो सम्बन्धमा स्पष्टिकरण सहित उपस्थितका लागि चिठि काट्ने उनको भनाई थियो ।

यता मानव अधिकारवादी संस्था मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) ले बालबालिकाको प्रयोग गर्ने दल, व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्न हुरीपपले पटक पटक आग्रह गरे पनि बाँके लगायतका जिल्लामा निर्वाचन आचारसंहिताको उल्लघंनकर्ताहरुलाई कार्वाही नगर्नु चिन्ताको बिषय भएको बताउदै हुरीपपका केन्द्रीय अध्यक्ष आलम खानले निर्वाचन आचारसंहिताको उल्लघंन नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको छ । उहाले निर्वाचनका समयमा पनि मानव अधिकारको मुल्यमान्यताको समेत ख्याल गरिदिन आग्रह गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार