मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

प्रचण्ड सरकार ढाल्न शेखर समूह आन्तरिक मोर्चा कस्दै

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
१ अशोज २०८०, सोमबार

काठमाडौं । नेपाली कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । त्यसको ठीक दुई दिन अगाडि अथार्त असोज २ गते नै नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् ।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा कोइरालाले बोलाएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि निम्तो गरिएको छ । अर्का महामन्त्री गगन थापालाई पनि संस्थापन इतर अर्थात् शेखर समूहकै नेता मान्ने गरिएको छ ।

पछिल्लो समय सरकार परिवर्तन गर्नुपर्ने पक्षमा धारणा राख्दै आएका कोइरालाले केन्द्रीय समिति बैठक अगाडि समूहको बैठक बैठक बोलाउनु र आफ्नो समूहमा नरहेका नेताहरूलाई बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।

स्रोतका अनुसार यस पटकको केन्द्रीय समिति बैठकमा शेखर समूहले सरकार परिवर्तनको विषय जोडतोडका साथ उठाउने बुझिएको छ । ‘कांग्रेसले नै सरकारको नेतृत्व नगरेसम्म देशले निकास पाउन नसक्ने’ बताउँदै आएका कोइराला पछिल्लो समय पार्टीभित्र सरकार विरुद्धको समूह बढाउने खेलमा लागेका हुन् ।

जसरी पनि आफ्नै पार्टी सहभागी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व ढाल्ने खेलमा लागेका कोइरालाले सरकार विरुद्धको मोर्चा बलियो बनाउन विश्वप्रकाश र प्रदीपको साथ खोजेका हुन् । यद्यपि, शर्मा र पौडेल भने अहिले नै सरकार परिवर्तन गर्न नहुने पक्षमा छन् ।

त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रचण्ड सरकारसँग सन्तुष्ट छैनन् । विशेष गरी सरकारको भ्रष्टाचार विरुद्धको अभियानका क्रममा आफ्नै नेताहरू पक्राउ पर्न थालेका कारण देउवाले प्रचण्ड सरकारसँग असुरक्षित ठानेका हुन् ।

सभापति देउवा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग असन्तुष्ट र त्रसित रहेको मौका छोपेर कोइराला सरकार नै परिवर्तन गर्ने खेलमा लागेका हुन् । तर, देउवा भने अहिले नै सरकार परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार