मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

‘संविधान मास्न’ गणतन्त्र बिरोधीहरु सक्रिय - प्रचण्ड

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो संघर्षको बलमा स्थापित गणतन्त्रविरुद्ध अझै गतिविधि भइरहेको बताएका छन् ।
१३ श्रावण २०७९, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो संघर्षको बलमा स्थापित गणतन्त्रविरुद्ध अझै गतिविधि भइरहेको बताएका छन् ।

शुक्रबार प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र अस्वीकार गर्ने शक्तिको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले सिँधै ओलीले गणतन्त्र विरोधी गतिविधि गरिरहेको नभने पनि गत वर्ष ‘संविधान मास्न’ लागिपरेकाहरु अहिले पनि सक्रिय रहेकाे भन्दै ओलीप्रति गणतन्त्र विरोधी आरोप लगाएका हुन् ।

प्रचण्डले भने– ‘गणतन्त्रविरुद्धको आवज तपाईंहरुले सुन्नु भएकै छ । विगतमा गणतन्त्र अस्वीकार गर्नेहरु आज पनि राजनीतिमा छन् । उनीहरुको गतिविधि अहिले पनि गणतन्त्र विरोधी छ । गत साल संविधान मास्ने कोसिस गरिएको थियो । त्यसको निरन्तरता अझै पनि छ ।’

प्रचण्डले अहिले पनि राजनीतिको मूलधार आओवादी नै रहेको बताए । वर्तमान व्यवस्था माओवादीकै एजेण्डा भएकाले अहिलेको मूलधार पनि माओवादी नै रहेको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार