मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल हुने

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि तीन दिन प्रदेशसभामा छलफल हुने भएको छ ।
२८ जेठ २०८०, आइतबार

दाङ । लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि तीन दिन प्रदेशसभामा छलफल हुने भएको छ ।

सभामुख तुलाराम घर्तीले आजको छैठौंँ वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न तीन दिन समय तोकिएको जानकारी गराए । नीति तथा कार्यक्रममाथिको छलफल यही जेठ ३१ गतेसम्म चल्ने छ । नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने गरी तयारी गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले यही जेठ २६ गते प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । आइतबारको बैठकमा नीति तथा कार्यक्रमबारे धन्यवाद प्रस्ताव सर्वसम्मतले पारित भएको छ । धन्यवाद ज्ञापनको प्रस्तावकमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा र समर्थकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिना रहेका थिए ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर, समृद्ध र समुन्नत बनाउन रणनीतिक प्राथमिकतामा केन्द्रीत हुने गरी कार्यक्रम सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पर्यटन, भौतिक पूर्वाधारर स्वास्थ्य जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा यसअघिका सरकारले अगाडि बढाएका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

व्यावसायिक प्रवद्र्ध्न, बजारीकरण र रोजगार केन्द्रित कृषि प्रणालीलाई प्राथमिकतामा राखिएको छ । रोजगारी सिर्जना गर्ने नवीन उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार