मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

डुडुवाका अध्यक्ष चौधरीको उल्टो आरोप : भ्रष्टाचारको सवाल उठाउनेमाथि दोषारोपण

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
आफ्नै अपराध ढाकछोपको प्रयास
३ अशोज २०८२, शुक्रबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा देखिएका भ्रष्टाचार र व्यतिथिबिरुद्ध जनताले सुरु गरेको आन्दोलनलाई कमजोर पार्न गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी सहित १० जानले उल्टै आन्दोलनकारीमाथि आरोप लगाएका छन् ।

जेन–जी आन्दोलनका क्रममा पालिकामा भे १० प ७५९० को स्कुटीमा आएका व्यक्तिले लेखा शाखाको ताल्चा खोली केहि कागजात चलाएको थाहा पाए पछि स्थानीय युवाहरुले पालिकाको सुरक्षा सुरक्षा गार्डबाट हुन नसक्ने बताउँदै कार्यालय सुरक्षाको जिम्मा लिएका थिए ।

गत भाद्र २५ गते युवाहरुले प्रहरी र सेनाको उपस्थितिमा कार्यालयमा लाखौंको मदिरा भेटिए पछि युवाहरुले विकास योजनामा अनियमितता भएको र पदाधिकारीहरूले जनताको विश्वास तोडेका विषयमा प्रश्न उठिरहेको बेला गाउँपालिकाले विज्ञप्ति निकालेर आन्दोलनकारीलाई गैरकानुनी गतिविधिमा संलग्न भएको आरोप लगाएको छ । तर आन्दोलनमा संलग्न युवाहरू र नागरिक समाजका प्रतिनिधिहरूले यो विज्ञप्तिलाई “अपराध छोप्ने हतियार” को संज्ञा दिएका छन् ।

आन्दोलनकारीहरूको भनाइ छ, “जनताले उठाएको प्रश्नको जवाफ दिनु पर्ने अध्यक्ष उल्टै दोषारोपण गर्दै सच्चा आवाजलाई दबाउन खोज्दैछन् । भ्रष्टाचारको प्रमाणलाई छोप्न विज्ञप्ति निकालिएको स्पष्ट देखिन्छ ।”

स्थानीयबासीहरूले समेत पालिकाको नेतृत्वले पारदर्शिता र जवाफदेहिता देखाउन नसकेको, बरु आन्दोलनलाई बदनाम गरेर आफूलाई सुरक्षित गर्ने रणनीति अपनाएको आरोप लगाएका छन् ।

यसैबीच जेन–जी आन्दोलनमा संलग्न युवाहरूले भने अझ प्रखर आन्दोलनमार्फत भ्रष्टाचार र व्यतिथि विरुद्धको संघर्षलाई निरन्तरता दिने घोषणा गरेका छन् ।

युवाहरुले डुडुवा गाउँपालिकाको कार्यालयभित्र अनौपचारिक क्रियाकलापका प्रमाणहरू भेटिए पछि झन आक्रोशित बनेका छन् । यस घटनाले कार्यालयको प्रतिष्ठा माथि प्रश्न उठाएको छ र जनतामा गम्भीर असन्तोष सिर्जना गरेको छ ।

युवाहरुले स्वतन्त्र न्यायिक छानबिन समिति गठन नभए सम्म आन्दोलन नरोकिने चेतावनी दिदै भनेका छन् "छानबिन नगरे कानुनी र जनस्तरबाट आवश्यक कदम उठाइने छ ।" 

बिश्लेषकहरुका अनुसार, सरकारी कार्यालयमा यस्ता घटनाले सरकारी कार्यक्षमता, सुरक्षा व्यवस्थापन र नैतिक जिम्मेवारीमा गम्भीर सवाल उठाएको छ । 

प्रतिक्रिया

कमलबहादुर क्षेत्री। ४ अशोज २०८२, शनिबार

जनता र प्रशासनको अगाडि त्यत्रो त प्रमाण फेला पर्दा पनि विज्ञपित निकाल्नु भनेको नैतिकता पतन भएको व्यक्तिहरु हुन् यिनीहरु

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार