मुख्य समाचार
भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै |

बाँकेको डुडुवमा स्कुल भ्यानको ठक्करबाट एक जना गोठालो घाईते

यूथ टुडे समाचारदाता 3536+ समाचार ( )
२९ श्रावण २०८१, मङ्गलबार

बाँके  । बाँकेको डुडुवा १ खडैचा नजिकै राप्ती इंग्लिश स्कुलको भ्यानले ठक्कर दिदाँ एक जना गोठाले घाईते भएका छन् ।

मंगलबार बिद्यार्थीहरुलाई छोडन जाँदै गरेको भे १ च २०२४ नम्बरको राप्ती इंग्लिश स्कुलको विद्यार्थी बोक्ने भ्यानले भैसी चराई रहेका गोठालोलाई ठक्कर दिएको प्रहरी चौकी खडैचाले जनाएको छ ।

भ्यानको ठक्करबाट डुडुवा १ खडैचा गाँउका ४५ वर्षिय पंचम पण्डित घाइते हुनुभएको छ । खडैचा प्रहरी चौकीका प्रहरी जवान किस्मत मल्लका अनुसार पण्डितलाई उपचारका लागि बेतहानी स्थित मेडिकलमा पठाइएको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

खडैचा प्रहरीले स्कुल भ्यान चालक प्रदिप बर्माको लाइसेन्स लगायत गाडीको कागजातहरु नियन्त्रणमा लिएको छ भने चालकले घाईतेको आफै उपचार गराउन गएको जनाएको छ ।

चालक बर्माले बिद्यार्थीहरुलाई स्कुलबाट छोडन जाने क्रममा भैसीले बाटो काटने क्रममा दुर्घटना भएको स्विकार गर्नु भयो । उहाँले भन्नुभयो, ठूलो दुर्घटनाबाट बचियो, गोठोलाई चोट लागेको छ उहाँको सबै उपचार आफूले गराउने बताउनु भयो ।

स्थानीयहरुका अनुसार भ्यान तिब्र गतिमा नभएको कारणले ठूलो दुर्घटन हुनबाट बचेको छ । भ्यानमा दर्जनौ विद्यार्थीहरु थिए । प्रहरीका अनुसार भ्यानमा सामान्य क्षति पुगेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार