मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

नेपालगन्ज १५ को स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण सम्पन्न

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा बास नेपालको सहजिकरणमा उक्त आम भेला गरिएको हो ।
३० असार २०७९, बिहीबार

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण अन्तरगत आम भेला आज सम्पन्न भएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा बास नेपालको सहजिकरणमा उक्त आम भेला गरिएको हो । स्वास्थ्य संस्थाको आर्थिक बर्ष २०७८÷०७९ अन्तरगत भएका मुख्य क्रियाकलाप र प्राप्त उपलब्धीहरु आम भेलामा प्रस्तुत गरिएका थिए ।

बासका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको आम भेलामा स्वास्थ्य केन्द्रले गरेका मुख्य उपलब्धीहरुको प्रगति प्रस्तुतीकरण पिप्रहवा स्वास्थ्य केन्द्रका ईन्चार्ज जयराम पाण्डेले गरेका थिए । भने स्वास्थ्य केन्द्रका राम्रा र सुधार गर्नुपर्ने पक्षहरुको बारेमा बासका कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी गराएका थिए । 

आम भेलाको अन्त्यमा भएको छलफलको आधारमा ६ बुदें कार्ययोजना तयार गरिएको छ ।

यसरी गरिएको कार्ययोजनामा वडा नम्बर १५ मा बर्थिंग सेन्टर सञ्चालनको पहल गर्ने, स्वास्थ्य केन्द्रमा अनमीको दरबन्दि रिक्त रही काम प्रभावित भएकाले दरबन्दि पुर्तीकालागि नगरपालिकासँग माग गर्ने, वडा भित्रका गर्भवति तथा अप्ठेरो परेका बिरामीहरुकालागि यातायातको ब्यवस्थापन गर्ने, एक बिद्यालय एक प्राथमिक उपचार बाकस अन्तरगत वडा भित्रका सबै बिद्यालयलाइ स्वास्थ्य फोकल पर्सन छनौट गर्न बिद्यालयहरुलाई पत्राचार गर्ने र प्रत्येक बिद्यालयमा प्राथमिक उपचार बाकस उपलब्ध गराउने, आम वडाबासिहरुमा स्वास्थ्य सचेतनाका लागि जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने र गाउँघर क्लिनिक र खोप केन्द्रहरु ब्यवस्थित गर्ने रहेका छन् । यसरी गरिएको कार्ययोजना अन्तरगतका सबै क्रियाकलापहरु जतिसक्दो चाडो समाधानको पहल गर्ने स्वास्थ्य ब्यवस्थापन समिति संयोजक तथा वडा अध्यक्ष मदन बिक्रम शाहले प्रतिबद्धता गरेका छन् ।

आम भेलामा बोल्दै शाहले स्वास्थ्य सुधारका सवालमा पूर्ण रुपमा लागिपर्ने प्रतिबद्धता गरेका थिए । आम भेलामा ५० बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार