मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाँकेमा निर्वाचन सामग्रीसहित कार्यस्थल जाँदै कर्मचारी

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१८ फाल्गुन २०८२, सोमबार
बाँके  । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाँकेको तिनै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटाइएका कर्मचारीहरूले निर्वाचन सामग्री बुझेर कार्यस्थलतर्फ प्रस्थान गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहालले तिनै निर्वाचन अधिकृतको कार्यालयबाट सोमबार मतदान अधिकृतहरूलाई आवश्यक निर्वाचन सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार सामग्री बुझेका कर्मचारीहरू सम्बन्धित मतदान केन्द्रमा पुगेर आजैबाट आवश्यक तयारी तथा व्यवस्थापनका काम प्रारम्भ गर्नेछन् । मतदानलाई व्यवस्थित, निष्पक्ष र विश्वसनीय बनाउन सम्पूर्ण कर्मचारीलाई आवश्यक निर्देशन समेत दिइएको जनाइएको छ ।
जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेका छन्। ती अन्तर्गत १३९ मतदानस्थल र ४०० मतदान केन्द्र निर्धारण गरिएको छ ।
बाँकेमा कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन्। जसमध्ये १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष तथा ९ जना अन्य मतदाता रहेका छन्।
निर्वाचन नजिकिँदै जाँदा जिल्लाभर चुनावी सरगर्मी बढ्दै गएको छ भने प्रशासन र निर्वाचन संयन्त्रले शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने तयारीलाई तीव्रता दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै