मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

सिके राउत सत्ता गठबन्धनमा सहभागी हुने देउवा संग गरे सहमति

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
१५ मंगशिर २०७९, बिहीबार

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा जनमत पार्टी पनि सामेल हुने भएको छ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएका छन् ।

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कँदै छु। दुवै जनामा सकारात्मक र परिणाममुलक वार्ता भएको छ’, उनले लेखेका छन्, ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।’

जनमत पार्टीका महासचिव चन्दन सिंहले प्रधानमन्त्री देउवाको प्रस्तावमा अध्यक्ष राउतले सकारात्मक प्रतिक्रिया दिएको बताए ।

जनमतले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सिट जितेको छ भने प्रदेशसभातर्फ ७ सिट जितेको छ । सो पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ समेत थ्रेसहोल्ड कटाएको छ ।

मधेशको नयाँ शक्तिकारुपमा उदाएको जनमतलाई कांग्रेस नेतृत्वको गठबन्धनमा समेट्न नेता निधिले पहल गरेका थिए । निधि र राउतबीच पटक(पटक भेटघाट र संवादपछि निधिले राउतलाई प्रधानमन्त्री देउवासँग भेटाएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार