मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

नेपालगञ्जमा सिया मुस्लिम समुदायले गरे रक्तदान

महमूद आलम खान 1133+ समाचार ( )
सिया मुस्लिम समुदायको डोनर ग्रुप नेपालगन्ज
२३ अशोज २०७८, शनिबार

साहिल शेष (ताहिर)

बाँके । युथ ब्लड डोनर्स गुलरिया, द वर्ड फेडेरेशनको संयुक्त आयोजनामा इमाम हुसैन (अ. स.) रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी ब्लड बैंकको प्रांगणमा डा. मौलाना जैनुल अब्दीनको अगुवाइमा नेपालमा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

भेरी अस्पताल वा अन्य अस्पतालमा विभिन्न जिल्लाबाट विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा दुर्घटना हुँदा र महिलाहरुको प्रसुती बेला रगत अत्यावश्यक हुने र रगतको अभावलाई केही हदसम्म नियन्त्रण गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको सिया मुस्लिम सादाब हुसैनले जानकारी दिनुभयो ।

सोहि रगतको अभावले अकाल मै ज्यान गुमाउनबाट बचाउनको लागि रगत नभई नहुने र त्यसकारण आफुले गरेको रक्तदानले कसैको ज्यान जोगिन्छ भने त्यो महान पुण्य कार्य भएको सिया धर्मगुरु डा. मौलाना जैनुल आब्दीनले सबैलाई रक्तदान गर्न आग्रह गर्नुभयो ! साथै त्यस कारण रक्तदान गर्दा शरीरलाई कुनै पनि हानीनोक्सानी र कमजोरी न हुने बताउनु भयो ।

उक्त कार्यक्रममा हिन्दु धर्मगुरु चन्दन नाथ योगी, नेपाल मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष मेराज हिमाल, मुस्लिम अगुवा भोला सिद्दिकी, कदीर अन्सारी लगायत करीब साठ्ठी जनाको सहभागिता रहेको थियो ! सो कार्यक्रममा करीब ६० पिण्ट रगत संकलन भएको आयोजकले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार