मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार -नेम्वाङ

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका हुन्
४ पौष २०७९, सोमबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका छन् ।

आज सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका हुन् । वामपन्थी दलहरुबीच एकै ठाउँमा आउने वातावरण बनाउनका लागि एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई स्वीकार गर्ने बताए ।

अहिलेको राजनीतिकलाई पुरानै बाटोमा फर्काउन पनि एमालेले त्याग गरेर भएपनि माओवादीलाई प्रधानमन्त्री छोड्नु पर्ने उनको तर्क छ । रजनीतिलाई सही बाटोमा ल्याउन अहिलेनै पहल गर्नुपर्ने उनको भनाइ थियो ।

प्रचण्ड प्रधानमन्त्री बन्ने एमालेले राष्ट्रपति लिने र अन्य कम्युनिष्ट दललाईसमेत मिलाएर राजनीतिको नयाँ कोर्ष सुरु गर्नुपर्ने उनले बताए । निर्वाचनका बेला एमालेले नयाँ प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको भएपनि नयाँ राजनीतिक मोडमा नयाँ निर्णय लिनसक्नु पर्ने उनले बताए ।

एमाले–माओवादी एकतामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाधक बनिरहेको उनले आरोप थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार