मुख्य समाचार
पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन | कन्या विद्यालयलाई माध्यमिक तहसम्म विस्तारः जानकीमा गुणस्तरीय शिक्षाको नयाँ अभियान सुरु | प्रमुख प्रशासकीय अधिकृतहरूको ‘यौनकाण्ड’ उजुरीले सामान्य प्रशासन मन्त्रालयमा हलचल | संविधान कुल्चँदै सांसदलाई तत्कालीन राजपरिवारलाई जस्तै उन्मुक्ति दिने प्रस्ताव | शेखर गोल्छा पक्राउ |

संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दलसँग संवाद गर्छु- प्रधानमन्त्री

यूथ टुडे समाचारदाता 3330+ समाचार ( )
१ भाद्र २०८०, शुक्रबार

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लामो समयदेखि अवरुद्ध संसद् खुलाउन पहल गर्न अनुरोध गरेका छन् ।

संसद्को अवरोध खुलाउने सन्दर्भमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सभामुख घिमिरेले सभामुखको रूपमा आफूले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको भए पनि परिणाममा निस्किन सकेन भन्दै सत्ता प्रतिपक्षी दलका नेताहरूसँग गम्भीरतापूर्वक छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । 

सभामुख घिमिरेले प्रधानमन्त्रीसमक्ष प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा सांसदहरूले बोल्न नपाएको, आम जनताले सदन अवरोधलाई राम्रो नमानेको लगायत गुनासो आएको भन्दै सदन खोल्नुको विकल्प नरहेको बताएका थिए । 

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सदन खुलाउने सन्दर्भमा प्रमुख प्रतिपक्षी दलसँग छलफल थप छलफल गरेर छिट्टै सदन खोल्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले भने– ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईँ पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नै पर्छ । म प्रमुख विपक्षी दलको नेतासँग सघन छलफल गर्छु ।’

प्रधानमन्त्री प्रचण्डले सभामुखसँग प्रमुख प्रतिपक्षी दलसँग थप छलफल गरेर निकास खोज्ने बताएसँगै महिना दिनदेखि अवरुद्ध संसद् खुल्ने अपेक्षा गरिएको छ । 

नक्कली सुन प्रकरणमा उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महिना दिनदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार