मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

मानव सेवा आश्रम नेपालगन्जमा ‘आमा सेमिनार’ हुने

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

बाँके । मानव सेवा आश्रम नेपालगन्ज शाखाले ‘आमा सेमिनार’ गर्ने भएको छ ।

मानवता प्रवर्द्धन कार्यक्रम अन्तरगत यही मङ्सिर २७ गते उक्त कार्यक्रम गर्न लागेको हो । मानव सेवा आश्रम नेपालगन्ज शाखामा आयोजित पत्रकार सम्मेलनमा आश्रमका केन्द्रीय महासचिव सुशीला केसी ‘रुपा’ ले बुधबार दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म स्थानीय क्यु.एफ.एक्स. सिनेमा हलमा आमा सेमिनार चल्ने बताउनुभयो ।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफूलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा, मन–मनमा पुर्‍याउने उद्देश्यले सेमिनार आयोजना गरिएको आश्रमले जनाएको छ ।

देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरी सेवा गरिरहेको आश्रमले उक्त सेमिनार बाँके जिल्लालाई केन्द्र बनाबई जिल्लास्थित सम्पूर्ण जनप्रतिनिधिलाई कार्यक्रममा सहभागी गराउने जनाएको छ ।

मानव सेवा आश्रम नेपालगन्जका संयोजक उर्विण सापकोटाले मान्छेमा आमा बुवाप्रति प्रेम हराउँदै गइरहेको अवस्थामा आमा सेमिनार गर्न लागिएको बताउनुभयो। उहाँले छोरा छोरीहरू जागिर र पैसालाई खुसी ठानेर अगाडी बढ्दै जाँदा आमा बुवाहरू घरमा एक्लै हुने र कमजोर हुँदै जाने अवस्थामा मानवता प्रवर्द्धन गर्नका लागि यो आमा सेमिनार गर्न गइरहेको बताउनुभयो ।’

उक्त कार्यक्रममा आमा समूह, टोल विकास समिति, युवा समूह वा क्लब, शिक्षक, शिक्षिका, विद्यार्थी, कर्मचारी, धार्मिक तथा आध्यात्मिक संघ, संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, सञ्चारकर्मी समेतलाई समेटेर ३ सय जनाले सहभागिता जनाउने भएका छन् । मानवता अध्ययन केन्द्रको व्यवस्थापनमा हुन लागेको सेमिनार निःशुल्क हुने बताइएको छ ।

सहभागीले आश्रमका लागि वा अन्य स्थानमा यस्तै कार्यक्रम सञ्चालन गर्नका लागि स्वइच्छाले दान गर्न सक्नेछन् । आश्रमको केन्द्रीय कार्यक्रम अन्तरगत यसवर्ष ४५ स्थानमा आमा सेमिनार गर्ने योजना अनुरुप पर्सा, लमजुङ, हेटौँडा, दाङ लगायतका स्थानमा कार्यक्रम गरिसकेको छ । आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये १२ जना महिला र ३ जना बालबालिका रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार