मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

लगातार परेको पानीले धानबालीमा ठूलो क्षति

महमूद आलम खान 1133+ समाचार ( )
एकदुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट
१ कार्तिक २०७८, सोमबार

बाँके । आइतबार देखि लगातार परेको पानीले थनकाउन लागेको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ ।

एकदुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् ।

उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सुदूरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकेमा आइतबार रातिदेखि निरन्तर परेको पानीसँगैको हावाहुरीले धानबाली ढालेको छ ।

यस्तै, रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ स्थित चेथरीमा पनि आइतबारदेखि निरन्तर परेको पानी र हावाले धानबालीमा नोक्सानी पुर्‍याएको छ ।

यस्तै नेपालको पश्चिम क्षेत्र डडेल्धुरामा गत २४ घण्टामा १ सय ७९ लिटर मिलिमिटर वर्षा भइसकेको छ । त्यहाँ पनि धानबालीमा ठूलो क्षती भएको जनाइएको छ ।

उता, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिक–१, वन्साहमा लगातारको वर्षाले धानबाली बगाएको छ । खेतमा काटेको धानबाली पानीले बगाउँदा किसानले क्षति व्यहोरेका छन् ।

दशैं सकिएलगत्तै धेरैजसो किसानले धान काट्ने तयारी गर्दै थिए भने केही किसानले धान काटिसकेका थिए । काटेको र पाकेको दुवै धानमा वर्षाले नोक्सानी पुर्‍याएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार