मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

तीन जना उपप्रधानमन्त्री बन्दै, रबिले पाए गृहमन्त्री शपथ आजै

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री बन्ने भएका छन् ।
११ पौष २०७९, सोमबार

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री बन्ने भएका छन् ।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन् ।

एमाले उपाध्यक्ष पौडेल उपप्रधानमन्त्री र अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रले श्रेष्ठलाई उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको छ ।

त्यस्तै रास्वपा सभापति लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने बताइएको छ । नारायणकाजीले परराष्ट्र रोजेपछि लामिछाने गृहमन्त्रालय पाउने पक्का भएको रास्वपाको एक नेताको दाबी छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त प्रधानमन्त्रीमा नियुक्त गरेको छ । आजै अपराह्नन ४ बजे प्रचण्डले प्रधानमन्त्रीमा शपथ लिँदैछन् ।

प्रधानमन्त्रीसँगै पौडेल, श्रेष्ठ र लामिछानेले पनि उपप्रधानमन्त्री तथा मन्त्रीको शपथ लिने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार