मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

पूर्व मन्त्री अब्दुल खानले गृह जिल्ला बर्दिया पुगेर गरे योजनाको अनुगमन

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

बर्दिया  । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले बर्दियामा संचालित विकास निर्माणको काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

सभापति खानको पहलमा संघिय सरकारले बिनियोजन गरेको बजेटबाट निर्माण भइरहेको विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन निर्माण कम्पनीलाई सभापति खानले आग्रह गर्नुभयो ।

गृह जिल्ला बर्दियामा निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण तथा विभिन्न कार्यक्रममा सहभागी हुन सोमबार गुलरिया पुग्नु भएका सभापति खानले नगरपालिकाको वडा नं ११/१२ मा कब्रलाको बाउण्डरी निर्माण, वडा नं ८ मा ४० लाख लागतमा निर्माण भइरहेको मुक्ति नारायण भादा घाट, वडा नं १० मा थारु प्रशिया सम्मको रोड निर्माण र गुलरिया १ छेदापुरमा निर्माण भइरहेको सडक र नालाको साथै गुलरिया १ मा निर्माण भईरहेको अर्बौ लगानीको टायल उधोग लुम्बिनी सेरामी लिमिटेडको समेत निरिक्षण गर्नु भएको थियो ।

उहाँले यहाँ सञ्चालित आयोजना छिटोभन्दा छिटो मापदण्ड पालना गरी गुणस्तरसहित सम्पन्न गर्न संघिय आयोजना कार्यान्वयन निकाय नेपालगञ्जका सब इन्जिनियर बलराज सिग्देल सहित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । 

इन्जिनियर सिग्देलले चैत मसान्त भित्रै काम सम्पन्न गर्ने गरि ठेकेदारहरुले काम गरिरहेको जानकारी गराउनु भएको थियो । यसैगरी सभापति खानले जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कढायतको अध्यक्षतामा बर्दियाका उधोग वाणिज्य संघको प्रतिनिधि, व्यापारी र सरोकारवाला संग व्यापारीहरुको समस्या र सरकारले बनाउने नितिहरुको बिषयमा छलफल गर्नु भएको स्वकिय सचिव अतिउल्ला मुसलमानले जानकारी दिनु भयो। । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार