मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नेपालगन्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१४ असार २०८१, शुक्रबार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नेपालगन्जमा शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले घोषणा गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरियो । यो सँगै जिल्लाका ८ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

नेपालगन्जका २३ वडाका १६ देखि ५९ महिनाका बालबालिकाहरुले १५ महिनाभित्र लगाउनुपर्ने खोपको लक्षित ८५६४ जना मध्ये ८१७१ (९६ प्रतिशत) घरधुरी सर्वेक्षण गर्दा पूर्ण खोप लगाएको र बाँकी ४ प्रतिशत बालबालिकालाई खोपको दायरामा ल्याई नियमानुसार खोप प्रदान गरी पूर्ण खोप घोषणा गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज ओलीले दिए ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रत्येक वर्ष माघ र फागुन महिनामा खोज र खोप अभियान तथा घरधुरी सर्वेक्षण गरिन्छ । त्यसपछि जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरुले खोप लगाउन सुरु गरे/नगरेको नामावली सूचीकृत गरिन्छ र १६ देखि २३ महिनाका बालबालिकाहरुले पूर्ण खोप पाए नपाएको सर्वेक्षण गरी छुटेका सबै बालबालिकालाई बैशाख महिनामा पूर्ण खोप दिएपछि वडा हुँदै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख चौधरी, उपप्रमुख राई, जिल्ला समन्वय अधिकारी बिक्रम पाण्डे, वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, स्वास्थ्य महाशाखा प्रमुख चन्द, वडा नम्बर ६ स्वास्थ्य संस्था प्रमुख नवराज न्यौपानेले बोलेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार उक्त कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, २३ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाही, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, विभिन्न शाखा प्रमुख, स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठ, २३ वटै वडाका स्वास्थ्य संस्था प्रमुख, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम नेपालगन्जका उपप्रमुख राईको अध्यक्षता एवम जिल्ला समन्वय समिति प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार