मुख्य समाचार
“आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम | नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह | बालबालिकाको सर्वाङ्गीण विकासका लागि जानकीमा शिक्षक क्षमता अभिवृद्धि तालिम | योग समितिमा पुनः डा भट्टराई निर्वाचित | अस्पतालमा रगत संकट बढ्दै, जानकी–५ ले गर्‍यो आकस्मिक रक्तदान | “स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान |

उम्मेदवारी दिन के-के कागजात चाहिन्छ, शुल्क कति पर्छ (पुर्ण विवरण सहित)

महमूद आलम खान 1133+ समाचार ( )
उम्मेदवारी दर्ता गराउन पहिले त सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम हुनुपर्नेछ ।
१० वैशाख २०७९, शनिबार

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नुपर्ने कागजातको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ । उम्मेदवारी दर्ता गराउन पहिले त सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम हुनुपर्नेछ ।

त्यसपछि सम्बन्धित पालिकाका मतदातामध्येबाट एक जना प्रस्ताव र एक जना समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७५० रुपैयाँ मात्र लाग्ने आयोगले जनाएको छ ।

कुनै दलबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र चाहिनेछ । कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा राजीनामा दिएको निस्सा आवश्यक पर्नेछ । वडा अध्यक्षमा उम्मेदवारी दिन १००० रुपैयाँ शुल्कलाग्नेछ । वडा सदस्यका लागि ५०० रुपैयाँ लाग्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार