मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

समाजवादी मोर्चाको लुम्बिनी प्रदेशमा समिति घोषणा

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
१२ भाद्र २०८०, मङ्गलबार

बुटवल । समाजवादी मोर्चाको लुम्बिनी प्रदेशमा समिति घोषणा गरिएको छ । बुटवलमा आज आयोजित समाजवादी मोर्चाको ‘सन्देश सभा’मा समितिका सदस्यहरूको नाम घोषणा गरिएको हो ।

मोर्चामा आबद्ध दलका ३/३ जना नेताहरू सदस्य रहने गरी समन्वय कमिटी गठन गरिएको जानकारी दिइएको छ । मोर्चामा नेकपा माओवादी केन्द्रका तर्फबाट लुम्बिनी अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गा बहादुर थारु र सचिव कृष्ण अधिकारी सदस्यका रूपमा चयन भएका छन्।

यसै गरी एकीकृत समाजवादीको तर्फबाट पोलिटब्युरो सदस्य सोम पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी रहेका छन् ।

त्यस्तै जसपाबाट नवीन कुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहेका छन् । यस्तै नेकपाबाट वसन्त, नारायण र सम्झना मोर्चामा कमिटीमा समावेश भएका छन् ।

मोर्चाको सन्देश सभा अहिले बुटवलको अन्तर्राष्ट्रिय सभा हलमा चलिरहेको छ। सभामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लवलगायतले सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार