बाँके । दिपावलीजस्तो उज्यालोको पर्वमा सर्वसाधारणले अविच्छिन्न रूपमा विद्युत् सेवा पाउन सकून् भन्ने उद्देश्यका साथ नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्र अन्तर्गतका नो–लाइट, मर्मत फाँट र अन्य शाखाका कर्मचारीहरू निरन्तर सेवामा खटिएका छन्।
पर्वको समयमा पनि आफ्नो जिम्मेवारीप्रति समर्पित यी कर्मचारीहरूले नेपालगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेसँग दिपावलीको दिप प्रज्वलन गर्दै सामूहिक तस्बिर खिचे।
दिपको उज्यालोका साथ “सेवामा समर्पण, उज्यालोमा योगदान” भन्ने भावनाका साथ उनीहरू दिपावलीको रातमा समेत विद्युत् आपूर्तिको सुचारु र मर्मत कार्यमा तल्लीन देखिएका थिए।
प्राधिकरणका प्रमुख इन्जिनियर लामिछानेले पर्वमा पनि सेवाभावका साथ खटिएका सबै कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै भने, “दिपावलीमा अन्धकार होइन, सेवा र उज्यालो फैलाउने हाम्रो प्रतिवद्धता हो।”
नेपालगन्ज वितरण केन्द्रका कर्मचारीहरूको यस समर्पणले दिपावलीलाई केवल उत्सव होइन, सेवाको पर्वका रूपमा पनि स्थापित गरेको छ।
हैप्पी दिवाली
हैप्पी दिवाली