मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

विद्यार्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामाग्री वितरण

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विद्यार्थीलाई विद्यालयबाट नै नैतिकताको शिक्षा सिकाउन आवश्यक रहेको बताउनु भयो । ‘सबैभन्दा पहिला शिक्षकबाट नै विद्यार्थीलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक छ ।’ उहाँले भन्नुभयो, ‘गाउँपालिका भित्र नीति नै बनाएर विद्यालय सुधारको योजना अघि बढाउने तयारीमा छौ ।’
३ जेठ २०८०, बुधवार

नरैनापुर, ३ जेष्ठ । बाँकेको नरैनापुर गाँउपालिका –१ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महतिनियाँमा शैक्षिक सामाग्री वितरण गरिएको छ । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाको सहयोग र देउराली फाउण्डेसनको सहकार्यमा विधालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

बिधालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई एक वर्ष पुग्ने गरी कपि बितरण गरिएको देउराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले जानकारी दिनु भयो । 

विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विद्यार्थीलाई विद्यालयबाट नै नैतिकताको शिक्षा सिकाउन आवश्यक रहेको बताउनु भयो । ‘सबैभन्दा पहिला शिक्षकबाट नै विद्यार्थीलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक छ ।’ उहाँले भन्नुभयो, ‘गाउँपालिका भित्र नीति नै बनाएर विद्यालय सुधारको योजना अघि बढाउने तयारीमा छौ ।’ अध्यक्ष शाहले नरैनापुरमा आएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्त्रण गर्नु हुने एनआरएनए र देवराली फाउण्डेशनलाई धन्यबाद दिदै नरैनापुरको शिक्षाको स्तर माथि उकास्न तर्फ भूमिका खेली दिन आग्रह गर्नु भएको थियो । 

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाका अध्यक्ष माधव मरासिनीले हालसम्म शैक्षिक सामग्री नपाएका गरिब बिधार्थीलाई पठन पाठनमा सहजता ल्याउन र शैक्षिकस्तर उकास्न सहयोगस्वरुप देशकै उत्कृष्ट नरैनापुर गाँउपालिकाको वडा नं. १ को विधालयमा शैक्षिक सामग्री उपलब्ध गराइएको बताउनु भयो । उहाँले नरैनापुरको शैक्षिक स्तर माथि उकास्नका लागि भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अधयक्षतामा भएको कार्यक्रममा देउराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरे, विद्यालयका प्रधानध्यापक आयोधिया प्रसाद विश्वकर्मा, वडा सदस्य ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार