मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

माओवादीका नेताहरु जनतासँग डराउन थाले - उपमहासचिव मातृकाप्रसाद यादव

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
९ भाद्र २०८०, शनिबार

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव मातृकाप्रसाद यादवले जनजनमा माओवादी मनमनमा माओवादी हुनुपर्नेमा पछिल्लो समयमा माओवादीका नेताहरु जनतासँग डराउन थालेको बताउनु भएको छ । 

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीको विस्तारित वैठकलाई सम्बोधन गर्ने क्रममा शनिवार नेपालगन्जमा माओवादी नेता यादवले यस्तो बताउनु भएको हो । 

माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज समेत रहेका केन्द्रीय उपमहासचिव यादवले नेताहरुले चुनाव जित्ने बेलामा जनताको मतले जित्ने, चुनाव जितेर पदमा पुगिसकेपछि जनतालाई बिर्सने गरेको बताउनु भयो । 'जनताले नै चुनाव जिताए, नेता बनाए, सांसद बनाए, मन्त्री बनाएर कुर्सीमा पुर्‍याए तर माओवादी नेताहरु अहिले जनता र कार्यकर्तासँग डराउन थालेका छन् । जनता र कार्यकर्ताले केही माग्छ कि ! कतै जागिर लगाइदे ! भन्छ कि भनेर ।' - यादवले भन्नुभयो । 

नेता यादवले सर्वप्रथम नेता आफैवाट रुपान्तरण हुनुपर्ने बताउनु भयो । नेताहरु अब सच्चिएर जनतासँगको समन्वय र सम्बन्ध सधै कायम राख्नु पर्ने बताउदै उहाँले माओवादी सधैभरी जनताप्रति समर्पित हुनुपर्नेमा जोड दिनुभयो । होटलमा कार्यक्रम राखेर नेताले भाषण गर्दैमा माओवादी रुपान्तरित नहुने भन्दै उहाँले जनताको घरमा जाने, जनताको घरमा बस्ने, जनताको घरमा खाने र जनताकै बिचमा कार्यक्रम गर्नुपर्ने बताउनु भयो । 

नेता यादवले अहिले माओवादीको जात नै नभएको भन्न समेत छुटाउनु भएन । 'हामीले कहिले एमालेसँग संगत गर्‍यौं, कहिले को सँग गर्‍यौं ? अहिले काङ्ग्रेससँग संगत गरेका छौँ, जोसँग संगत गरिन्छ फल उस्तै मिल्छ । अहिले हाम्रो जात छैन, हामीले हाम्रो जात बिर्सिएका छौँ ।' उहाँले भन्नुभयो - 'सर्वप्रथम हामी आफैबाट आत्मालोचना गरौं, हामी आफै सच्चिऔं र माओवादीको विचार तथा नीति लगेर जनतासम्म गाउँ गाउँ घर घर पुगौं ।' 

नेकपा माओवादी केन्द्रले यहि भदौ १६ गतेदेखि देशैभर 'घरघरमा माओवादी, जनजनमा माओवादी' मूल नाराका साथ तीन महिने "जनतासंग माओवादी विशेष रुपान्तरण अभियान" सञ्चालन गर्दैछ । त्यसैको तयारी स्वरूप नेपालगन्ज उपमहानगरपालिका कमिटीले शनिबार नेपालगन्जमा विस्तारित बैठकको आयोजना गरेको हो । 

यसैगरी ३ महिने अभियान सफल बनाउन बाँकेको डुडुवा गाउँपालिकामा अधिवक्ता तिर्थ ज्ञवालीलाई खटाए पछि डुडुवामा उक्त अभियान सफल नहुने देखिएको छ । ज्ञवालीले धर्म सम्बन्धि कसुरको मुद्दालाई कमजोर बनाउने गरी आरोपितको पक्षबाट बहष गरेको भन्दै अभियानलाई साथ नदिने डुडुवाका नागरिकहरुले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार