मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

ओलीप्रति प्रचण्डको कटाक्ष ः ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने,भित्र भ्रष्टाचारबाहेक अरु केही नहुने’

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीप्रति कटाक्ष गर्दै ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने साइनबोर्ड झुण्ड्याउने र भित्र भ्रष्टाचारबाहेक अरु केही नहुने’ भन्दै यो किन भइरहेको छ भन्दै प्रश्न गरेका छन् भने यसमा व्यक्तिको मात्रै दोष नभई प्रणालीमा नै खोट भएको औल्याएका छन्
३० भाद्र २०७९, बिहीबार

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीप्रति कटाक्ष गर्दै ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने साइनबोर्ड झुण्ड्याउने र भित्र भ्रष्टाचारबाहेक अरु केही नहुने’ भन्दै यो किन भइरहेको छ भन्दै प्रश्न गरेका छन् भने  यसमा व्यक्तिको  मात्रै दोष नभई प्रणालीमा नै खोट भएको औल्याएका छन् । बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हाम्रो प्रणालीको कारण देखा परेको विकृति र विसंगतीलाई सुधार गर्न शान्ति पूर्ण तरिकाले छलफल र बहसको माध्यमबाट समाजिक जीवनका विभिन्न क्षेत्र र सहभागितामा आवश्यक पर्दा सडकबाट पनि नेपालमा मौलाएको कुशासन र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्न सकिने बताएका छन् । मेसिननै ठिक नभएपछि जति राम्रो सामान हालेपनि  सामान अन्ततः विग्रिने भन्दै प्रणालीमा सुधार गर्न जरुरी रहेको उनको धारणा थियो । निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरेर व्याप्त विकृति र विसंगतीलाई कुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने भन्दै प्रचण्डले देशको शक्तिलाई एकतावद्ध बनाएर विकास र समृद्धितिर लान सकिने बताए । वुज्रुवा र भ्रष्टहरुलाई माओवादी नेतृत्व रहँदासम्म चयनमा बस्न नदिने दावी गर्दै उनले  त्यसका लागि सहयोगको अपिल गरे । जनयुद्ध, जनआन्दोलन जहिले पनि जनताको साथका कारण सफलताको यो विन्दुसम्म आएको स्मरण गर्दै उनले अर्को सफलताको नयाँ विन्दुसम्म पुग्न पनि जनताको साथ आवश्यक रहेको बताए । नीजि क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई सहज ढंगले व्यवसायको प्रवद्र्धन गर्ने अवसर प्रदान गर्नु नै राज्यको पहिलो जिम्मेवारी रहेको उनको भनाइ थियो । कोभिडले नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागेको भएपनि विस्तारै मिल्दै आएको र  मुलुकलाई आत्मनिर्भर बनाउने र औद्योगिकरणको आधार भनेकै कृषिमा आधारित उद्योगहरु भएकाले कृषिमा सुधार र क्रान्ति आबस्यक भएको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार