मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

प्रधानाध्यापकहरुले भने- आन्दोलनमा हुने क्षतिको परिपूर्ति गर्छौँ

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
३ अशोज २०८०, बुधवार

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकले शिक्षा विधेयक खारेजीको माग गर्दै आन्दोलनमा साथ दिने बताउँदै विद्यार्थीलाई पुग्ने क्षतिको परिपूर्ति गर्ने बताएका छन । बुधबार उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

‘संघीय संसद सचिवालय, संसद भवन सिंहदरबार काठमाडौंबाट जारी विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को खारेजीका लागि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरी देशभरीको विद्यालय अनिश्चित रूपमा बन्द गरी सशक्त आन्दोलन सुरु गरेको कार्यक्रमलाई समर्थन छ’ विज्ञप्तिमा भनिएको छ, ‘अर्को सूचना नआएसम्मका लागि काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको बैठकले माइतीघर मण्डलमा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरू उपस्थित हुन अनुरोध गर्दै यो निर्णय गरेको छ ।’

यस्तै, आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पनि पठनपाठन गरिने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति संवेदनशील हुँदै उक्त क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपाठन गरिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

यस्तै, महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले भने महानगरभित्रका कुनैपनि विद्यालयले आन्दोलनका नाममा पठनपाठनमा क्षति पु¥याए कारबाही गरिने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार