मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

नेपालगंज ६ मा राप्रपाबाट निर्वाचित वडा सदस्य क्षेत्रीको दादागिरी सुरु

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
वडा सदस्य मदन बहादुर क्षेत्री सरसफाईका नाममा वडाबाट आवश्यक समान खरिद गरी आफनो व्यक्तिगत काममा खर्च गरी सरकारको सम्पत्ति माथि रजाई गर्दै आएका छन् ।
६ भाद्र २०७९, सोमबार

बाँके ।  वडा सदस्य, राज्यको तल्लो तहका पावरफूल जनप्रतिनिधि हुन् । तर वडा सदस्यलाई राज्यले दिएको पावरको दुरुपयोग गरेको गुनासो छ । यसका पछिल्लो उदाहरण बनेका छन् नेपालगंज उपमहानगरपालिका वडा नं.–६ का वडा सदस्य मदन बहादुर क्षेत्री ।

राष्ट्रिय प्रजातान्त्रीक पार्टीका तर्फबाट वडा सदस्यमा निर्वाचित वडा सदस्यलाई वडा अध्यक्षले सरसफाईको जिम्मेवारी तोकेका छन् तर उनलाई सरसफाईको तरिका के हो ? कसरी गर्ने भन्ने जानकारी समेत छैन् । वडामा रहेका नालाहरुमा फोहर जमेर पानीको निकास बन्द भएको महिनौ बितिसक्दा समेत नाला सफाई गर्ने तर्फ चासो नदेखाए पछि स्थानीय वडामा पुगेर सफाई गरीदिन माग गर्दा उनले दादागिरी शैलीमा भने, वडामा रहेका नालाहरु वडाको पहलमा सफा हुदैन् ।

उनले वडाको नाला कुनै हालतमा  सफा हुन नदिने धम्की दिदै आँफै सर्वस्व भएको र कोहीले केही गर्न नसक्ने भन्दै सेवाग्राहीलाई यसरी चुनौति दिएका छन् ।

वडा सदस्य मदन बहादुर क्षेत्री सरसफाईका नाममा वडाबाट आवश्यक समान खरिद गरी आफनो व्यक्तिगत काममा खर्च गरी सरकारको सम्पत्ति माथि रजाई गर्दै आएका छन् । 

४ जना कर्मचारी रहे पनि वडाको सरसफाई शाखाको संयोजक समेनत रहेका वडा सदस्य मदन बहादुर क्षेत्रीले आफनो वडामा सफाई गर्ने कर्मचारी नरहेको दाबी गरे पनि वडा सचिव मदन रावतले गैर जिम्मेवार भएर दिएको अभिव्यक्ति गलत भएको बताउदै ४ जना कर्मचारीहरु मध्य ३ जना निमित काममा रहेको जिकिर गरे ।

वडा अध्यक्ष समिर प्रताप सिहले नाला सफाई गराउने वडाको जिम्मेवारी भएको बताउदै गैर जिम्मेवार भए अभिव्यक्ति दिने अधिकार जनप्रतिनिधिलाई नभएको बताउदै वडा सदस्य क्षेत्रीले दिएको धम्की पूर्ण अभिव्यक्तिको क्षमा माग्न जरुरी रहेको बताए ।

राप्रपाबाट निर्वाचित एक्ल वडा सदस्यले मनोपरी तरीकाले वडामा गरी रहेको कामले जनता मात्र नभएर कर्मचारी समेत वाक्का दिक्क भएका छन् । क्षेत्रीलाई अविलम्ब सफाई शाखाबाट हटाउन स्थानीयहरुले माग गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार