मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

पूजा सिंहलाई डिआइजीमा बढुवा

महमूद आलम खान 1132+ समाचार ( )
एसएसपी सिंह काभ्रेमा एसपी हुँदा आर्थिक हिनामिनामा मुछिएकी थिइन् । अख्तियारको छानबिनमा उनले भ्रमण भत्ताको नाममा नक्कली बिल बनाएर लाखौं अनियमितता गरेको पुष्टि भएको थियो ।
२३ पौष २०७८, शुक्रबार

काठमाडौं । प्राविधिकतर्फको दरबन्दीलाई प्रशासनमा ल्याएर नेपाल प्रहरीमा विवादित एसएसपीलाई डिआइजीमा बढुवा गरिएको छ । सञ्चार निर्देशनालयमा रहेको डिआइजीको प्राविधिक पदलाई महिला तथा बालबालिका सेवा निर्देशनालयमा ल्याएर पूजा सिंहलाई डिआइजीमा बढुवा गरिएको हो ।

शुक्रबारको बढुवा सिफारिस समितिले सो निर्णय गरेको हो । एसएसपी सिंह काभ्रेमा एसपी हुँदा आर्थिक हिनामिनामा मुछिएकी थिइन् । अख्तियारको छानबिनमा उनले भ्रमण भत्ताको नाममा नक्कली बिल बनाएर लाखौं अनियमितता गरेको पुष्टि भएको थियो । तर, पछि दबाबको आधारमा मुद्दा तामेलीमा राखिएको थियो ।

५५ वर्षे उमेरहदले आगामी महिना अवकाश पाउने भएपछि उनलाई बढुवा गर्न प्रााविधिक पदलाई प्रशासनमा ल्याइएको हो । जबकी उनीसँगैका अन्य डिआइजीलाई भने अवकाश दिइएको छ । करिअरको फ्रष्टेसनकै कारण सोही ब्याचका एसएसपी सुशील कुमार यादबले दुई साताअघि आत्महत्या गरेको उनको निकटले बताएका छन् । तर, सिंहलाई भने चलखेलका आधारमा बढुवा गरिएको छ । स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाण निकट व्यक्तिहरुको चलखेलका आधारमा उनको बढुवा भएको हो । यो बढुवामा प्रहरीमा थप असन्तुष्टि बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार